१२ कार्तिक २०८३, बिहिबार

राप्रपा र राप्रपा नेपालबीच एकीकरण प्रयास जारी छ : कमल थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa1झापा, ४ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले निश्चित मुद्दामा सहमति भएपछि राप्रपासँग एकता हुने बताउनु भएको छ ।

राप्रपा नेपाल झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राष्ट्रवादी शक्तिको खाँचो दुवै पार्टीले महसुस गरेका हुनाले निश्चित मुद्दामा सहमति भएपछि छिट्टै एकता हुने धारणा राख्नुभयो ।

“राप्रपा नेपालको संवैधानिक राजतन्त्र, सनातन हिन्दू राष्ट्र, अखण्डता र राप्रपाको सङ्घीय लोकतान्त्रिक गणतन्त्र जस्ता विषयमा तत्काल सहमति हुँदैन”–उहाँले भन्नुभयो । मूल मुद्दा थाती राखेर मिल्न सक्ने विषयमा सहमति गरेर पार्टी एकता गरिन्छ ।

संविधानसभा सदस्यसमेत रहनुभएका थापाले संविधान निर्माणमा सरकार र एकीकृत नेकपा माओवादी मोर्चाको दम्भका कारणले गतिरोध उत्पन्न भएको आरोप लगाउनुभयो ।

उहाँले नेपाली कांँग्रेस र नेकपा एमालेको गणितीय दम्भ र चुनावको परिणामपछि अत्तालिएका विपक्षी मोर्चाको हठका कारण पनि समयमा संविधान जारी हुन नसकेको बताउनुभयो ।

संविधानसभाको गतिरोधको अन्त्य सर्वदलीय वार्ताबाट हुनुपर्ने धारणा राख्दै अध्यक्ष थापाले अहिलेको समस्याको मूल जड भनेको १२ बुँदे समझदारी हो भन्नुभयो ।