३ कार्तिक २०८३, मंगलबार

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज (पर्सा), ४ चैत । वीरगन्ज–पथलैया सडकखण्डको नितनपुर चोकमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको ना४ख ७०९० नंको यात्रुवाहक बसले त्रिभुवन राजपथको नितनपुर चोकमा साइकल यात्रीलाई ठक्कर दिँदा पर्सा मनियारी गाविसका २५ वर्षीय राजकिशोर पटेलको घटनास्थलमा नै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । घटनापछि मृतकको शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा मृतकका परिवार तथा स्थानीय बासिन्दाले नितनपुर चोकमा चक्काजामसमेत गरेका छन् ।

चक्काजाम तथा प्रदर्शनका कारण उक्त सडकखण्डमा सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोबिन्द कार्कीले जानकारी दिनुभयो । रासस