३ कार्तिक २०८३, मंगलबार

होटलमा बसेका गेष्टको रहस्यमय हत्या, होटल मालिक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur

महेन्द्रगर, ४ चैत । भारतबाट रोजगारी गरी घर फर्कन लागेका एक जना मजदुरको महेन्द्रनगरको एक होटेलमा रहस्यमयी हत्या भएको छ ।

बैतडी जिल्लाको महारुद्ध गाविस ४ बस्ने ४० वर्षीया डम्बर बहादुर चन्दको मंगलबार राती रहस्यमयी हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार महेन्द्रनगरको न्यू शिबशक्ति होटेलमा बसेका चन्दको बेहोसपछि मृत्यु भएको छ ।

भारतबाट रोजगारी गरी घर फर्कने क्रममा सो होटेलमा राती बास बसेका चन्द बेहोस भएपछि उपचारका लागि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कर्ण बहादुर बमले बताए ।

वेहोस कसरी भए भन्ने पत्ता लाग्न सकेको छैन् । यद्यपी प्रहरीले मदिरा सेवन गरेर वेहोस भएको हुनसक्ने आंशका गरेको छ ।
मृतक चन्दको शवको पोष्र्टमाष्टम भईसकेको छ । रिपोर्ट आएको छैन् ।

खाना आएको केही घण्टामै बेहोस हुनु र बेहोस भएको थोरै समयमा मृत्यु मानिसको हुनु भनेको घटना झन रहस्यमयी भएको प्रहरीको अनुमान गरेको छ । स्थास्थ्यकर्मीहरुका अनुसार खाना संगै कडा रक्सी सेवनका कारण पनि मृत्यु भएको हुन सक्छ ।

जनस्वास्थ्यर्मी शिवराज भट्टले कमजोर मानिसलाई रक्सीले मुटुमा आक्रमणले गर्दा समेत मानिसको मृत्यु हुनसक्ने बताए ।

चन्द मृत्यु घटनालाई लिएर प्रहरीले चन्दका भतिजा मान बहादुर चन्द र होलका संचालक कमल पन्तलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा लिएको छ । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।