भक्तपुर, ४ चैत । परीक्षा नियन्त्रक विष्णु बहादुर द्धवारेले एसएलसी परीक्षामा आचारसंहिताविपरीत कार्य गर्ने जोकोहीलाई कारवाही हुने बताएका छन् ।
एसएलसीमा चिट चोराउने र चोर्नेलाई कडा कारवाही हुने भन्दै नियन्त्रक द्ववारेले परीक्षा ब्यवस्थित र शान्तिपूर्ण ढंगले सञ्चालन गर्न ३५ बुँदे आचारसंहिता तयार गरी देशभरका जिल्ला शिक्षा कार्यालयमा पठाइसकिएको बताए ।
आचारसंहिता पालना गरी परीक्षालाई मर्यादीत बनाउन सबैले जोड दिनुपर्ने बताउँदै उनले परीक्षालाई क्रासका रुपमा नलिन आग्रहसमेत गरे ।
रफत सञ्चारको साक्षात्कारमा मंगलबार बोल्दै उनले बिहीबारबाट सुरु हुने एसएलसीको सम्पूर्ण तयारी पूरा भएको बताए ।















प्रतिक्रिया