३ कार्तिक २०८३, मंगलबार

दाङका सबै परीक्षा केन्द्र महिला मैत्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slc girlदाङ, ४ चैत । भोलिदेखि सुरु हुन गइरहेको एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा कार्यालय दाङले जनाएको छ ।

यस वर्ष जिल्लाका विभिन्न स्थानमा ३९ वटा परीक्षा केन्द्र तोकिएको र सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्नपत्र पु-याउने काम भइसकेको जिल्ला शिक्षा अधिकारी प्रह्लाद अर्यालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार परीक्षा सञ्चालनका लागि ३९ केन्द्राध्यक्ष, ४६ सहायक केन्द्राध्यक्ष र ५०० निरीक्षक र तथा सोही सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

यस वर्ष दाङबाट १३ हजार २९७ परीक्षार्थीले एसएलसी परीक्षा दिँदै छन् ।

यसमा सात हजार ६३६ छात्रा र पाँच हजार ५६१ जना छात्र रहेका छन् ।

यस जिल्लाबाट एक जना कैदी, चार जना दृष्टिविहीन र सात जना फरक क्षमता भएका विद्यार्थीले परीक्षा दिँदै छन् ।

जिल्लाबाट यसपटक १८० जनाले खुल्ला शिक्षाबाट परीक्षामा सहभागी हुँदैछन् ।

उनानचालिस परीक्षा केन्द्रमध्ये दुई जना महिलाले केन्द्राध्यक्षको जिम्मेवारी पाउनुभएको छ भने एउटा परीक्षा केन्द्रमा केन्द्राध्यक्षसहित सबै काम महिलाले सम्हाल्ने छन् ।

जिल्लाका सबै परीक्षा केन्द्रलाई महिलामैत्री बनाइएको छ ।

प्रत्येक परीक्षा केन्द्रमा महिला सुरक्षाकर्मीदेखि महिला शिक्षिका एवम् कर्मचारी परिचालन गरिएका छन् ।

यसैबीच परीक्षालाई अत्यन्तै व्यवस्थित र मर्यादित बनाउनका लागि आफूहरुले कुनै पनि कसर बाँकी नराख्ने प्रमुख जिल्ला अधिकारी एवम् परीक्षा सञ्चालन समितिका अध्यक्ष पर्शुराम अर्यालले बताउनुभयो ।

परीक्षा हलमा समितिले परिचालन गरेको व्यक्तिबाहेक कोही कसैलाई प्रवेश गर्ने नदिइने र परीक्षा केन्द्र बाहिरबाट समेत कोही कसैले होहल्ला एवम् अर्मयादित कार्य गर्न खोजेमा कारबाही गरिने पनि परीक्षा सञ्चालन समितिका अध्यक्ष अर्यालले बताउनुभयो ।