महेन्द्रनगर, ३ चैत । क्याम्पसको अक्षयकोष खोल्न आयोजना गरिएको सांस्कृतिक महोत्सव सफल रुपमा सम्पन्न भएको छ ।
कञ्चनपुरको कृष्णपुरमा फागुन अन्तिम सातादेखि शुरु भएको सांस्कृतिक महोत्सवमा बिस लाख भन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ । उदय बहुमुखी क्याम्पस कृष्णपुर र न्यू साधना फिल्म सिटीको आयोजनामा ९ दिनसम्म सञ्चालन भएको महोत्सव मंगलबार समापन गरिएको हो ।
आयोजकले महोत्सव सफल रुपमा सम्पन्न भएको जनाएको छ । महोत्सव सफल भएपछि क्याम्पसले गरिब जेहेँदार विद्यार्थीलाई निःशुल्क शिक्षा दिनका लागि स्थापनाको तयारी थालेको अक्षयकोषको योजना तयार पारेको छ ।
शाखा विकास बैकका अध्यक्ष भपट बोहराको प्रमुख आथित्य र बरिष्ठ दोहोरी गायक पवित्रा धत्र्ती मगरको बिशिष्ठ आथित्य लगायतका कृष्णपुर क्षेत्रका समाजसेवी, अगुवाहरुको उपस्थितीमा मेला समापन गरिएको मेला मुल आयोजक समितिले जनाएको छ ।
मुल आयोजक समितिका अनुसार एक लाख भन्दा बढि दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सव मुल आयोजक समितिका प्रचारप्रसार संयोजक अर्नुन साउँदले मेलाको भित्र रहेका सम्पूर्ण सेवा तथा बस्तुको कारोबार बिस लाख भन्दा बढीको भएको बताए ।
ग्रामिण क्षेत्रको शैक्षिक विकासका लागि पहिलो पटक गाँउमै आयोजना गरिएको मेला भव्य, शान्त र सौहार्दपूर्ण बताबरणमा सम्पन्न भएको महोत्सव मुल आयोजक समितिका संयोजक गोबिन्द कलौनीले बताउनुभयो ।
उहाँले ग्रामिण क्षेत्रको उच्च शिक्षाको विकासका लागि राज्यले केही नगरेको गुनासो गर्दै स्थानियस्तरबाट ग्रामिण क्षेत्रको विकासका लागि विभिन्न कृयाकलाप भईरहेको बताए ।
उच्च शिक्षाको विकासका लागि सरकारले ध्यान नदिका कारण आफुहरुले बाध्य भएर महोत्सव आयोजना गरिएको संयोजक कलौनीको भनाई छ । संयोजक कलौनीले कृष्णपुरको शैक्षिक विकासका लागि महोत्सवले फाईदा भएको दावी गरेका छन् ।
महोसत्व समापनमा बोल्ने अधिकांशले कृष्णपुरमा राज्यले शैक्षिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । जिल्लाकै बढि जनसंख्या भएको गाविस भएकाले पनि यस क्षेत्रको शैक्षिक विकासका लागि राज्यले विषेश ध्यान दिनुपर्नेमा जोडदिएका छन् ।
महोत्सव मुल आयोजक समितिका प्रचारप्रसार साउँदले महोत्सवको भव्य उद्घाटन देखि समापन भएको बताउनुभयो । साउँदले यस क्षेत्रका युवाहरुको सक्रिय सहभागीताले पनि महोत्सव सफल भएको दाबी गरेका छन् ।
उद्घाटन कार्यक्रममा यहाँका राजनितिक दल, प्रशासन, विभिन्न सरकारी तथा गैर सरकारी निकाय, नागरिक समाज, संचारकर्मी लगायतको सहभागीता रहेको थियो ।
उदय बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गरी यस क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी उच्च शिक्षा आर्जन गर्नमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा कृषि उत्पादन समाग्री, व्यवसायी समाग्री, अनौठा एव अकल्पनीय जिव र बस्तुको प्रर्दशनी, स्थानिय हस्तकलाको प्रर्दशनी गरिने गरिएका छन् । महोत्सवमा विश्वकै सबैभन्दा ठृुलो अष्ट्रिज चराको समेत प्रर्दशनमा गरिएको थियो ।
बालबालिकाहरुको मनोरन्जनका लागि मनोरन्जनका लागि बाल उद्यानको व्यवस्था गरिएको थियो । गाँउमै मेला हेर्न पाएकोमा सो क्षेत्रका स्थानियहरु पनि हर्षित भएका छन् ।
महोत्सवमा राष्ट्रिय ख्यातीप्राप्त कलाकार शिवहरी पौडेल, राजेश पायल राय, प्रमोद खरेल, रेजिना उप्रेती, दिपीप रायमाझी, तिलक मल्ल, अर्जुन कौसल, टिका पुन, कला पंगेनी, सरिता कार्की, थारु नायिक अनु चौधरी, देउडा गायक नरेन्द्र राज रेग्मी, महेश औजी, तिर्ज राज जोशी लगायतका स्थानिय तथा राष्ट्रिय कलाकारहरुले साँस्कृतिक कार्यक्र्म प्रस्तुत गरेका थिए ।
यस्तै महोत्सवमा महेन्द्रनगरको न्यू काँजल फिल्म सिटी एण्ड कलेजले समेत दिनहुँ सुदूर तथा कुमाउँको पहिचान झल्कने नृत्युहरु प्रस्तुत गरेको थियो ।
साँस्कृतिक महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत रु २० र साधारण तर्फ रु ४० को दर निर्धारण गरिएको थियो ।
मेलामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई मेला मुल आयोजक समितिले धन्यवाद समेत दिएको छ ।
















प्रतिक्रिया