१२ कार्तिक २०८३, बिहिबार

विश्व युवा नेताको सूचीमा गगन थापाको नाम

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan thapaकाठमाडौं, ३ चैत । नेपाली कांग्रेसका नेता तथा सभाषद् गगन थापाको नाम विश्वकै युवानेताको सूचीमा परेका छन् ।

विश्व आर्थिक फोरमको यो वर्षको विश्व युवानेताको सूचीमा नेपालबाट नेता थापासहित दुई जना परेका हुन् ।

नेता थापासंगै चाइल्ड रिच संस्थाका नेपाल निर्देशक डा. छिरिङ लामा पनि विश्वको युवा नेताको सूचीमा नाम लेखाउन पाएका छन् ।

यसवर्ष विश्वभरीबाट १ सय ८७ जना सूचीमा समावेश भएका छन् । आर्थिक र गैर आर्थिक क्षेत्रमा सक्रिय ४० वर्ष मुनिका व्यक्तिबाट सो संस्थाले सूची बनाउने गर्दछ ।