३० आश्विन २०८३, शुक्रबार

विश्वकप छनोट अपडेट : पहिलो हाफको खेल बराबरीमा सकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dashrat-rangasalaकाठमाडौं, ३ चैत । विश्वकप छनोटका लागि दशरथ रंगशालामा जारी दोस्रो लेगको फुटबल प्रतियोगितामा पहिलो हाफको खेल सकिएको छ ।
पहिलो हाफको खेलमा दुवै टिमबाट गोल हुन सकेन् ।

यसअघि दशरथ रंगशालामा भइरहेको खेलमा भारतविरुद्ध नेपालको प्रदर्शन निकै आक्रमक देखिएको छ ।

भारतविरुद्ध गोल हान्नका लागि नेपाल लागि कडा मेहनतमा छ । नेपाली स्ट्राइकरले गोलका लागि प्रयास गरेपनि अहिलेसम्म सफल हुन सकेको छैन् ।

नेपाली टोली गुहावटीमा बिहीबार सम्पन्न पहिलो लेगमा भारतसंग २-० गोल अन्तरले पराजित भएको थियो । त्यसैको बदला लिन घरेलु मैदानमा भारतसंग खेलिरहेको छ ।

खेलको उद्घाटन गर्दै खेलकुदमन्त्री पुरुषोतम पौडेल र राखेप सदस्य सचिव युवराज लामाले नेपाली टिमलाई शुभकामना दिएका थिए ।

यसअघि नेपाल पनि चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको उसको मैदानमा भएको पहिलो लेगमा ०–२ ले नै पछि रहेको अवस्था छ । अब नेपालले दोस्रो चरणमा पुग्न गृह मैदानमा कुनै गोल नखाई ३–० ले जित्नुपर्नेछ ।