२९ आश्विन २०८३, बिहिबार

कुवेतमा लागूऔषध तस्कर गर्ने नेपाली महिलालाई २५ वर्षको जेल सजाय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goma-Darai

कुवेत । वैदेशिक रोजगारीमा नेपाली महिलाहरुको प्रमुख गन्तव्य मानिने कुवेतमा एक नेपाली महिला लागूऔषध कारोवार गरेको आरोपमा पक्राउ परेकी छिन् ।

नवलपरासीको कावासोती नगरपालिका–८ घर भएकी गोमा दराईलाई लागूऔषध कारोवार अभियोगमा प्रहरीले केही महिना अघि पक्राउ गरेको थियो ।

गत बर्ष असोजमा घरेलु कामदारका रुपमा कुवेत पुगेकी दराईलाई त्यहाँको अदालतले लागूऔषध कारोवार गरेको अभियोगमा २५ वर्ष जेल सजायँ सुनाएको छ ।

घरखर्च चलाउन गाह्रो भएपछि उनी २ छोरा र २ छोरी र श्रीमानलाई छाडेर रोजगारीका लागि कुवेत गएकी थिईन् । उनी जेल परेको खबर गत आइतबार सार्वजनिक भएको हो । गोमा पक्राउ परेको थाहा पाएपछि परिवारले सहयोगका अपिल गरेका छन् ।