२९ आश्विन २०८३, बिहिबार

बेल्जियममा अनेसासको साहित्यिक कार्यक्रम आयोजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bealjum

– बिष्णु सापकोटा
बेल्जियम । यूरोप स्तरीय साहित्य सम्मेलनको तयारीका लागि बेल्जियममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले साहित्यिक कार्यक्रम आयोजना गरेको छ ।

बेल्जियम च्याप्टरको आयोजनामा आगामी अगष्ट १६ र १७ मा हुन गैरहेको यूरोप स्तरीय साहित्य सम्मेलन को प्रचार प्रसारको क्रममा नेपाली परिवार गेन्टको संयोजनमा गेन्ट शहरमा साहित्यिक कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली परिवार गेन्टका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अनेसास बेल्जियमका अध्यक्ष दिपेन्द्र केसीको प्रमुख आतिथ्यता सहित सस्थाका अन्य सदस्य लगायत गेन्ट नेपाली परिवारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रमुख आतिथि केसीले आगामी अगष्टमा हुने यूरोप स्तरीय सम्मेलनमा नेपाली परिवार गेन्टले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरुलाई नेपाली परिवार गेन्ट की सदस्य श्रीमती हरी भट्टराईले आगामी सम्मेलनलाई संस्थाकोतर्फ बाट पूर्ण सहयोग रहने बताउदै प्रवासको भूमिमा यस्ता कार्यक्रमले नेपाली भाषा साहित्य प्रतिको जगेर्ना गर्नमा अझ उत्प्रेरणा मिल्ने बताइन् ।

गेन्ट नेपाली परिवारका सचिव रमेश पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रमा श्रष्ठाहरु क्रमशः मुना ढुंगाना, पार्वती शर्मा पारू, राजेन्द्र देवकोटा, बसन्त ढुंगाना, बिष्णु सापकोटा, मोहन खत्री, सौरभ कारन्जित, यामु निरौला, दिपेन्द्र केसी र रबिन्द्र घले रमेश पौडेलले बाचन आ–आफ्नो रचना बाचन गरेका थिए ।

डा. राजु श्रीवास्तव, यमु निरौला, गेण्ट परिवारका अध्यक्ष कृष्ण पराजुली साथै सचिव रमेशराज पौडेलले सम्मेलन सफल बनाउन सुझाव दिएका थिए ।

नेपाली भाषा साहित्य लाई प्रवासमा जीवन्त राखी आगामी पुस्तालाई नेपाली भाषा साहित्यतर्फ कसरी आकर्षण गर्न सकिन्छ साथै कसरी सहज हस्तान्तरण गर्न सकिन्छ र डायस्पोरामा रहेर भाषा साहित्यको बिकास, सम्वर्धन तथा नेपालमा यसको योगदान र कदरको बारेमा सूचित गर्नु आगामी सम्मेलनको मुख्य उद्देश्य रहेको बताईएको छ ।

सम्मेलनले प्रवासमा रहेका श्रष्ठाहरुको रचना संकलन गरि ग्रन्थ समेत प्रकाशन गर्ने बताईएको छ । सम्मेलनमा नेपाल, अमेरिका बाट समेत ख्याती प्राप्त साहित्यकारहरुको बिशेष उपस्थिति रहने छ ।