२९ आश्विन २०८३, बिहिबार

ठकुरी सञ्जालद्धारा कतारमा बनभोज तथा सम्मान कार्यक्रमको आयोजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

quater2

– दिल कुमार श्रेष्ठ

दोहा, कतार । ठकुरी सञ्जालको अगुवाईमा कतारमा रहेका प्रवासी नेपालीहरुले वनभोज कार्यक्रम आयोजना गरेका छन् । दोहाबाट निकै टाढा समाल गार्डेनमा करिब ४०० जहाको उपस्थितिमा भब्य बनभोज कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो ।

वनभोज कार्यक्रममा ठकुरी सञ्जाललाई सहयोग गर्दै आइरहेका व्यक्तिवहरुलाई पनि सम्मान समेत गरिएको थियो ।
कार्येक्रमको सभापतित्व संस्थाका अध्यक्ष अमृत साहीले गरेका थिए ।

एनआरएनए एनसीसी कतारका सल्लाहकार नरेन्द्र भाटको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन कमल मल्लले गरेका थिए ।

quaterसंस्थाको निमन्त्रणालाई स्वीकार्दै यहाँ सम्म आइ पुगेका सबैलाई स्वागत गर्दै संस्थाका डम्मर हमालले आफ्नो मन्तब्य राखेका थिए ।

मन्तब्यको क्रममा जनसम्पर्क समितिका उपाध्यक्ष देबराजले नेपालमा जन्मेको संस्था र गौरबमय इतिहासलाई निरन्तरता दिदै प्रगतिको कामना गरेका थिए ।

मातृ भूमिको लागि युवा अभियानका अध्यक्ष केबि हमालले संस्था जस्तो नामले आएपनि सामाजिक सेवाको लागि नै भएको बताउदै नीतिनियम भन्दा कोहि माथि नभएको उल्लेख गरेका थिए ।

प्रमुख अतिथि नरेन्द्र भाटले प्रवासमा ३० देखि ४० लाखको हाराहारीमा नेपालीहरु रहेको जानकारी गराउँदै संस्था जति खुलेपनि कसैले अन्यथा लिन नहुने बताउँदै बिदेशिनु हाम्रो रहर होइन बाध्यता भएको र हामी जहाँ रहेपनि देशको लागि सोच्नु पर्नेमा जोड दिएका थिए ।

quater1कार्यक्रममा दोहा स्थित विभिन्न संघ, सस्था, बुद्दिजिबी, पत्रकार, कलाकार, समाजसेवीका साथै ठकुरी तथा गैर ठकुरीहरुको उपस्थिति थियो ।

‘सभ्य भाषा,सभ्य सस्कृति हाम्रो पहिचाहन, शैक्षिक तथा आर्थिक समृद्धिको साथ सहयोग र आर्थिक सद्भाब सबैमा बिश्वब्यापी अभियान’ भन्ने नाराका साथ अगाडी बढिरहेको यो संस्था आफ्नो भाषा, संस्कृति पहिचाहन सहिद सेवा गर्ने उद्देश्यका साथ बिगत १० महिना अगाडी स्थापना भएको थियो ।

अनौपचारिक कार्यक्रमको सञ्चालन गरेका मोहन शाहीले नेपाली कला केन्द्रका कलाकारलाई आफ्नो कला प्रस्तुत गर्ने मौका दिएका थिए ।

रित कुमार श्रेष्ठको भुर भुर गर्ने पुतली संगै सुरु भएको रमाइलो यात्रामा गायक बसु, गायिका अरुण केसी, राजेन्द्र महरा साथै अन्य कलाकारहरुको पनि बेजोड प्रस्तुति रहेको थियो ।

साथै ठकुरी संजालले दशैमा गरेको सांगीतिक कार्येक्रमको स्मरण गर्दै सहयोगी संघ सस्था कलाकार तथा विभिन्न व्यक्तित्वहरुलाई पनि स–सम्मानका साथ खादा तथा प्रमाणपत्रले सम्मानित गरिएको थियो ।