३० आश्विन २०८३, शुक्रबार

अपडेट: बस दुर्घटनामा मृतकको संख्या १७ पुग्यो, ७ जनाको अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jumla_nepal-map

जुम्ला, २ चैत । जुम्ला सदरमुकामबाट कालिकोटको नाग्मातर्फ जाँदै गरेको बस आज बिहान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर सात जना गम्भीर घाइते भएका छन् ।

ना४ ख ४९७० नम्बरको बस कालिकोटको रारालिही गाविस–१ गाडगुडेनीमा २०० मिटर तल तीला नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरी निरीक्षक ईन्द्रबहादुर साउदका अनुसार दुर्घटनामा परी १३ जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको हो । बस चालक सागर बुढा र सह–चालक हर्क बुढाको मात्र सनाखत हुन सकेको बताइएको छ । अन्य यात्रुको सनाखत हुन सकेको छैन ।

घाइतेहरुको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । बसमा २९ जना सवार रहेको प्रहरीले जनाएको छ । घटनास्थल जुम्ला सदरमुकामदेखि २४ किलोमिटर टाढा रहेको छ । रासस