१२ कार्तिक २०८३, बिहिबार

कलियुगका भगवान् नेपालको भ्रमरपुरा पुगे, दर्शन गर्नेको आइरो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Devaha_Babaमहोत्तरी, २ चैत । भ्रमरपुरामा जारी ‘सीताराम नामजाप महायज्ञ’मा एक अनौठो बाबालाई हेर्नका लागि हजारौँ श्रद्धालु भक्तजनको ओइरो लागेको छ ।

गत फागुन २५ गतेदेखि जारी सो महायज्ञमा चार चार खुट्टा र हात तथा दुई मुख भएका अन्दाजी ४५–४६ वर्षीय रामश्यामदास नामक बाबा भारतको गयाबाट आएका छन् । सो बाबालाई पूजाअर्चना गर्नका लागि भक्तजन लामबद्ध छन् ।

ती बाबा कलियुगका लागि साक्षात्कार भगवान्को अवतार नै भएको महोत्तरी धमौराकी रितादेवीको भनाइ छ ।

“भगवान्को रुप झैँ बनेर सर्वसाधारणलाई ठग्ने मात्रै काम गर्ने भएकाले उनी एक ढोंगीबाबा मात्र हुन्” जनकपुरकी अम्बिका शर्मा रीतादेवीको भनाइ खण्डन गर्छिन् ।

जुडुवा बाबालाई हेर्नका लागि मेला समितिद्वारा रु २० को टिकटको व्यवस्था गरिएको समितिका अध्यक्ष गणेश ठाकुरले जानकारी दिनुभयो ।