– विजय थापा
डिसी, अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रमा झन्डै आधा दशक अगाडी स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजले स्थापना काल देखि नै परम्परा तथा संस्कृतिलाई सम्बद्र्धन तथा प्रवर्दन गर्दै आएको छ ।
समाज सेवामा अग्रणी भूमिका निर्वाह गर्दै नेपाली समुदायलाई मर्दापर्दा अहम भूमिका निर्वाह गर्ने क्रममा विभिन्न आर्थिक सहयोग जुटाउदै आएको उक्त संस्थासंग आबद्ध रहेका समाजसेवी मधु पन्थी बताउदछन् ।
नेपाली नयाँबर्ष तथा नेपाली चेलीबेटीहरुको महान चाड तीज पर्व डिसी महानगर क्षेत्रमा अपार सफलता पुर्वक मनाउदै आएको संस्थाले सदस्यहरुबाट उठाइएको रकमले सामाजिक सेवा गरी रहेको जानकारी अध्यक्ष सागर कँडेल बताए ।
कुनै पनि कार्यक्रमबाट उठेको रकमले समाज सेवामा लगाईने बताउदै गत महिनामा दुःखद निधन भएका स्व बिष्णु हरि भण्डारीको लागि सस्थाको तर्फबाट १ हजार ८ सय ७३ डलर हस्तान्तरण गरिएको थियो ।
यसै गरी वरिष्ठ पत्रकार रबिन्द्र मिश्रले सञ्चालन गरेको हेल्प नेपाल नेटवर्कलाई पनि अमेरिका नेपाल सहयोगी समाजले १ हजार ५ सय डलर पठाएको बताएका छन् ।
समाज सेवा सबै भन्दा ठुलो धर्म भएकोले संस्थाले यसै गरि समाज सेवा गर्दै जाने छ भन्दै नेपाली नया बर्ष मे २ तारिखमा मनाउने र उठेको रकमले समाज सेवा गर्ने जानकारी दिइएको छ ।
अन्य बिबिध खर्च आफनै गोजीबाट उठाई संस्थाको लागि खर्च पनि गरिने गरेको पन्थीले बताए ।















प्रतिक्रिया