३० आश्विन २०८३, शुक्रबार

को–को फर्कँदैछन् एमालेमा ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Prabesh

– गणेश पाण्डे

‘माओवादी असफल भयो, जसका कारण माओवादीमा विश्वासनियता घटेको छ । काँग्रेसले पनि नेतृत्व दिने जस्तो छाँट देखिएन,’ एमालेका केन्द्रीय सचिव पृथ्बीसुब्बा गुरुङको तर्क छ, ‘एमालेले आफूलाई धेरै कुरामा नीतिगत स्पष्ट गर्दै ल्यायो । नवौँ राष्ट्रिय महाविधेशनपछि एमालेले जुन नीति पारित गरेको छ, त्योबाट धेरै मानिसहरु आकर्षित भएका छन् ।’

साना–साना कम्युनिष्ट पार्टीलाई एमालेमा समाहित गराउन छलफल चलिरहेको छ । एमाओवादी शान्ति प्रक्रियामा गएपछि त्यसलाई धोका भयो भन्दै हतियार बोकेर बसेका शक्तिहरु समेत अहिले एमालेमै फर्कने तयारीमा छन् । अबको चरणमा माओवादी कम्युनिष्ट सेन्टर र किराँत वर्कर्स पार्टीका नेताहरु एमालेमा प्रवेश गर्दैछन् । काँग्रेस र राप्रपाका तल्लो तहका नेता–कार्यकर्ताहरुलाई एमाले प्रवेश गराउन नेताहरु परिचालित भएका छन् ।