१२ कार्तिक २०८३, बिहिबार

किन बिफल भयो प्रमुख दलको ‘निर्णायक’ वार्ता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Meeing-4party

काठमाडौँ, ३० फागुन । निर्णायक हुने भनिएको प्रमुख तीन दल र मधेसी मोर्चासहितको शनिबारको वार्ता पनि बिफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको वार्ता संघीय प्रदेशको संख्या र नामाकरणमै दलहरुबीच मतभेद देखिएपछि बिफल भएको हो । एमालेका उपाध्यक्ष वामदेव गौतमले वार्तापछि भन्नुभयो–“ हामीले सात प्रदेशको कुरा राख्यौं, उहाँहरुले जातीय प्रदेशको कुरा राख्नुभयो, त्यसैले संवाद अगाडि बढ्न सकेन् ।”

चार पक्षबीचको छलफलमा सहमति हुन नसकेपछि दलहरुले छुट्टाछुट्टै छलफल समेत गरेका थिए । तर, त्यो पनि उपलब्धिमुलक भएन ।

उहाँले सहमतिका लागि आफूहरु अझै लचकता अपनाउन तयार रहेको बताउँदै सहमति हुन नसक्ने अवस्थामा संविधानसभाको प्रक्रिया अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनले सत्तारुढ दलले कुनै पनि विषयमा लचकता नअपनाएको आरोप लगाउँदै वार्ताका नाममा आफूहरुलाई अल्मल्याउन खोजेको बताउनुभयो ।

बैठकमा काँग्रेस, एमाओवादी र मधेसी मोर्चाका पार्टी प्रमुखकै उपस्थिति रहेपनि एमालेबाट अध्यक्ष केपी ओली, एमाओवादी वरिष्ठ नेता डा बाबुराम भट्टराई, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अनुपस्थित हुनुहुन्थ्यो ।