१२ कार्तिक २०८३, बिहिबार

विप्लव माओवादीले विदेशी नागरिकता लिने कर्मचारीलाई कारबाही गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-bikram-chand-biplop

काठमाडौँ, ३० फागुन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट राष्ट्रिय कर्मचारी महासङ्घले डिभी र स्थायी वसोबास गर्ने विदेशी नागरिकता लिने कर्मचारीलाई कारबाहीको माग गरेको छ ।

महासङ्घको प्रथम राष्ट्रिय भेलाले लिएका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कर्मचारीतन्त्रमा देखा परेका भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीलगायतका विकृतिविरूद्ध विशेष अभियान सञ्चालन गर्ने अध्यक्ष महादीप पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्मचारीतन्त्रभित्रको ढिलासुस्तीको सोच, चिन्तन र प्रवृतिविरूद्ध व्यापक जनचेतना अभिवृद्धि गरी प्रशासन संयन्त्रमा परिवर्तन गर्नमा अभियान केन्द्रीत हुनेछ ।

महासचिव गोपालसिंह धामीले विदेशी राष्ट्रसँग गरिने सन्धी सम्झौतामा सहभागी हुने उच्चस्तरका कर्मचारीलाई नेपाली राष्ट्रियतालाई ध्यानमा राख्न आह्वान गर्ने र राष्ट्रहित विरोधी गतिविधिमा संलग्न कर्मचारीको भन्डाफोर गर्न अभियान सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।