– विजय थापा
डिसी, अमेरिका । अमेरिकामा विगत २० वर्षदेखि बस्दै आएका वैज्ञानिक नगेन्द्र पौडेल गैर आवासीय नेपाली संघ एनआएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवार हुन् ।
अमेरिकामा आगामी महिना एनआरएनको निर्वाचन हुँदैछ । यसैसम्बन्धमा उहाँसंग गरिएको कुराकानी :
एनआरएन अमेरिकाको आसन्न निर्वाचनको लागि अध्यक्ष पदका प्रत्यासी बनेपछि भेटघाटलाई अझ तेज बनाएको छु ।
अमेरिकाका बिभिन्न शहरहरुमा नेपाली समुदायलाई अन्तरक्रिया गरे पछि झन् आत्म विश्वास बढेको छ । आफ्नो पक्षमा वातावरण बनेको सकारात्मक प्रतिक्रिया पाएको छु ।
र भोलि पुन भेट घाट गर्ने क्रममा सिकागो जादैछु भनि पौडेलले जानकारी गराए िआफ्नो पक्षमा ल्याउने मेरो सत प्रतिशत प्रयास हुनेछ । यसपाली १२ हजार सदस्य बने पछि निकै प्रतिस्पर्धा बन्ने छ । म प्रतिस्पर्धासंग डराउनदिन ।
र बिगतमा हरेक चुनाब मैले प्रतिस्पर्धा गरेको छु र लडेको छु । हरेक निर्वाचनमा बिजयी बन्ने अवसर पाएकोले म बिगतका जम्मै रणनीति र मैले खेल्ने भूमिकामा कुनै कसर छोड्ने छैन ।
पौडेल भन्छन्, अमेरिकाका नेपाली समुदायले मलाई विश्वास गरेर मत दिनु हुनेछ भन्ने पूर्ण विश्वास गरेको छु ।
नगेन्द्र पौडेल चितवन भरतपुर वडा न ७ मा जन्मेर, नारायणगढ स्थित बालकुमारी हाई स्कुल बाट प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा उत्तिर्ण गरेपछी त्रिभुबन विश्वाबिद्यालय अन्तर्गत त्रिचन्द्र कलेजबाट भौतिक शास्त्रमा स्नातक गरेका जेहेन्दार विद्यार्थी हुन ।
बि स २००७ साल लगायत त्यस उप्रान्त प्रजातन्त्रका लागि लडिएका हर आन्दोलनमा उनको परिवारको र उनको सकृय सहभागीता रहँदै आएको छ ।
२०३६ सालको आन्दोलनमा स्कुले विद्यार्थीको हैसियतमा सकृय राजनीतिमा निस्केका पौडेल, जनमत सँग्रहमा बहुदलिय प्रजातान्त्रिक ब्यबस्थाका पक्षमा जनमत जुटाउने मोर्चामा आवद्द रहेर चितवन, नवलपरासी तथा मकवानपुर जिल्लामा ससक्त रुपमा लागिपरेका थिए।
२०४२ सालको सत्याग्रह आन्दोलनमा सरीक हुँदा प्रहरी पक्राउमा परी पर्सा जिल्लाको कारागारमा केही दिन बन्दी जीवन समेत बिताएका पौडेल २०४६ सालको जन–आन्दोलनका क्रममा अन्तिमका केही दिन नारायणगढ क्षेत्रको युवा कमाण्डर समेत रहेका थिए ।
उनी २०४९ सालमा विद्यार्थीको रुपमा अमेरिका प्रबेश गरेका हुन । मिचिगन राज्यको फेरिस स्टेट युनिभर्सिटीबाट ईञ्जिनियरिङ्गमा स्नातक गरेपछी नासाको ईन्जिनियरको रुपमा काम सुरु गरेका नगेन्द्र पौडेल नासामा काम गर्ने पहिलो नेपाली ईन्जिनियर मानिन्छन् ।
सो कामको सिल्सिलामा संसारका धेरै ठाँउ पुगिसकेका पौडेललाई स्नातकोत्तर अध्ययनका लागि मेरिल्याण्ड विश्व बिद्यालयको प्रतिष्ठित जेम्स स्कुल अफ इञ्जिनियरिङ्ग पठाइएको थियो।
त्यहाँ बाट इञ्जिनियरिङ्गमा स्नातकोत्तर लिएपछी नास मै सिस्टम र एरोनटिक ईन्जिनियरिङको काम २००८ सम्म गरेका थिए ।
अन्तरिक्षमा भु–उपग्रह यानको पृथ्वीबाट सञ्चालन गर्ने अभीभारा बोकेका पौडेलले ब्यक्तिगत जिन्दगीमा सामाजिक सेबा को क्षेत्रमा पनि उलेख्य योगदान गर्दै थिए ।
सन २००८ को फेब्रुअरी महिनामा अमेरिकाको केन्द्रिय सरकार बाणिज्य मन्त्रालय अन्तर्गत, बिज्ञान तथा प्रबिधीसंग सम्बन्धित संस्था नेशनल ओसियन एंडएट मोस् फेयर एंड एड मिनिस्ट्रेसनको मातहतमा रहेको नेसनल जियोडेटिक जसले अमेरिका लगायत विश्वलाई पृथ्वीको कुनै स्थान वा समुन्द्रको स्थिती तथा उचाइ एबम गुरुत्वाकर्षण पत्ता लगाउने बैज्ञानिकको पदमा कार्यरत छन ।
नेपालीहरुको जनसंख्या अमेरिकामा बढ्दै जाने क्रममा उनको ब्यक्तिगत सफलताको तहमा कमै मान्छेहरु पुगेको देखिन्छ । यो सबैको लागि गर्वको बिषय पनि हो ।
नेपालीहरुको जनघनत्व आप्रवासमा बढ्दै गरेको देख्दा, छरिएर रहेका नेपाली समुदायका गतिबिधिहरु एक आपसमा साटा–साट गर्न तथा अमेरिकामै हुर्कदै बढ्दै गरेका सन्ततिका लागि भाषा र सँस्कृतिको जगेर्ना तथा उत्थान गर्न सामुदायिक संचार माध्यम आवश्यक सम्झी रेडियो दोभानको नामबाट वासिङ्टन डिसी महानगरीमा नेपाली भाषामा कार्यक्रम सञ्चालन गर्न रेडियोको स्थापना गर्ने ब्यक्ती नगेन्द्र पौडेल नै हुन् ।
जसमा कार्यक्रम उत्पादन तथा सञ्चालनको प्रमुख दायित्व निर्बाह पौडेलले गर्थे । सो कार्यक्रम अंतर्जाल मार्फत संसार भरी सुनिन्थ्यो र अत्यन्त लोकप्रिय पनि थियो ।
यो रेडियो अर्को १३ बर्ष सम्म सञ्चालनमा रहेको थियो । त्यसै अवधिमा पौडेल उत्तर अमेरिकास्थित पत्रकारहरुको हितका लागि स्थापित संस्था नेपाल अमेरिका पत्रकार संघको पहिलो निर्वाचित अध्यक्ष बने ।
त्यसको लगत्तै अमेरिकाकै सबैभन्दा जेष्ठ तथा लोकप्रिय संस्था अमेरिका नेपाल सोसाईटीको अध्यक्षमा निर्वाचित भई बिभिन्न सामाजिक रुपान्तरणमुखी कार्यहरुको थालनी गरे ।
जस्तै नेपाली बर्णमालालाई भित्ते पात्रोको रुपमा प्रकाशित गरी नेपाली परिवारका घर–घरमा बितरण गरे । सामाजिक सेबा गर्न अभिरुची राख्ने नेपालीहरुलाई बिना पूर्वशर्त सँघ सँस्थाहरुमा नेतृत्वका लागि प्रबेश गर्न दिने, नेपाल–अमेरिकाबीच राजनीतिक, सामाजिक तथा कुटनितिक सम्बन्ध सुधारका लागि नेपाली दुताबास संग सहकार्य गर्दै अमेरिकी संसदमा नेपाल समर्थित साँसद समुह नेपाल ककस गठन गर्न नैतीक बल प्रदान गर्ने आदी गरे ।
त्यस्तै अमेरिकाबासी नेपाली समुदायले पहिलो पटक आफ्नो बलिबुताले जोडेको नेपाली पशुपती बुद्ध मन्दिर तथा शैशिक एवं सांस्कृतिक केन्द्रको मुख्य चन्दा संकलक तथा सहयोगीका रुपमा योगदान गर्दै आएका छन् ।
धेरै लामो समय देखी अमेरिका बसे पनि नेपाल र नेपालीसँगको घनिष्टतामा रहेका पौडेल नेपालमा राजनीतिक परिवर्तन हुँदा आफुलाई अत्यन्त सुसुचित राखिरहन्छन् ।
बिगतमा प्रजातन्त्रको घाँटी पूर्व राजा ज्ञानेन्द्रले निमोठ्दा अमेरिकाको संसद तथा राष्ट्रपती भवन बाहिर गरिएका बिरोध प्रदर्शनको नेतृत्व समेत पौडेलले गरेका छन ।
प्रजातन्त्रका पक्षमा जन लहर ल्याउन तथा नेपाली राजनीतिको बिकृति पक्षका बारेमा आप्रवासी जनतालाई सुसुचित गराउन रेडियो दोभानमा लामो समयसम्म कार्यक्रम चिरफार सञ्चालन गरेका थिए ।
ब्यक्तिगत जीवनमा पौडेल आफ्नो परिवारबाट अमेरिका प्रवेश गर्ने पहिलो ब्यक्ती भएकाले उनको काँधमा सधैंँ नै बृहत परिवारलाई संरक्षण गर्नुपर्ने दायित्व थियो र छँदैछ ।
त्यसका लागि आफ्नो पेशागत जीवन बाहिर आफ्नी श्रीमतीको सहयोग तथा अगुवाइमा बिभिन्न उद्योग तथा ब्यवसाय सफलतापुर्बक सञ्चालन गरीसकेका छन ।
उनको दस बर्षे लामो उद्योग सन्चालनका क्रममा सयौ नेपालीहरुले रोजगारी पाएका छन् । उनको सामाजिक, राजनीतिक तथा शैक्षिक भूमिका तथा प्रभावका कारण तथा रणनितीक हिसाबले राजधानीमा बसोबास गर्ने हुंँदा अमेरिका भ्रमणका क्रममा जाने दर्जनौँ राजनेता तथा बरिष्ठ निती–निर्माताहरु उनको सम्पर्कमा आँउन रुचाँउछन् ।
केही बर्ष अघी प्रधानमन्त्री सुशील कोइराला न्यू–योर्कमा उपचार गरेपछी वासिङ्टनका नेपाली समुदायसंग भेटघाटका क्रममा जाँदा पौडेलकै निवासमा बस्नु भएको थियो ।
पौडेल विश्वव्यापी रुपमा आप्रवासीका समस्याका बारेमा सचेत तथा तिनका निराकरणतर्फ उन्मुख छन ।
बिशेष गरी अमेरिकामा रहेका नेपालीहरुका मुल मुद्दाहरु–नेपाली नागरिकताको निरन्तरता, पैत्रिक सम्पत्ती माथि हुनुपर्ने नैसर्गिक अधिकार, नेपाली बजारमा आप्रवासीलाई सुहांउदो लगानीका बातावरण, अमेरिकी बजारमा दक्ष नेपाली शिक्षित प्राबिधिकलाई काम गर्न पाउने भिसाको प्रबन्ध आदी कुरामा उनी लाग्ने जमर्को गर्दैछन् ।
पौडेल यही अप्रिल महिनाको १६ तारिख हुन गैरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्ष पदका ससक्त दाबेदार हुन ।
यो संस्थामा बिभिन्न राजनीतिक बिचार ,समुह तथा योग्यता भएका अमेरिकी आप्रवासी नेपालीहरुको प्रतिनिधित्व हुनुपर्छ भन्ने कुरामा पौडेल प्रतिबद्ध रहेका छन् ।
पौडेल आफ्नी श्रीमती प्रतिमा तथा दुई छोरीहरु क्रमशः प्रितीका र प्रियंकाका साथमा अमेरिकाको वासिङ्टन डिसी समिपको शहरमा पछील्लो २० बर्ष देखी रँहदै आएका छन् ।
















प्रतिक्रिया