३० आश्विन २०८३, शुक्रबार

झापामा ट्रक भित्रै ब्लेडले चिरेर सहचालकको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatyaबनियानी, ३० फागुन । झापाको बिर्तामोडमा शुक्रबार राति घाँटी काटेर एक सहचालकको हत्या भएको छ ।

बिर्तामोड नगरपालिका– ६ मा सुगम पेट्रोलपम्प अगाडि पार्किङ गरी राखिएको ना३ख ५६१५ नम्बरको ट्रकमा सहचालकको काम गर्ने फतेपुर उदयपुर घर भएका अन्दाजी २२ वर्षीय विक्रम बिष्टको ब्लेडले घाँटी काटिएको अवस्थामा शव भेटिएको थियो ।

काँकडभिट्टामा सामान पु-याएर फर्किएको सो ट्रक खाना खानलाई सोही स्थानमा रोकिएको थियो ।

गाडीका गुरुजीले खाना खानलाई बोलाउन होटल साहुलाई पठाएका थिए, बोलाउँदा नआएपछि गुरुजी राति सुत्नलाई ट्रकभित्र पस्दा रगताम्य अवस्थामा विक्रमको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले धरानबाट अनुसन्धानका लागि कुकुर मगाएर प्रक्रिया अघि बढाएको छ ।

परीक्षणका लागि शव भद्रपुरस्थित मेची अञ्चल अस्पलाल पठाइएको छ ।