– नरेश केसी
भैरहवा , फागुन २९ । सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवा रुपन्देहीको ५६ औं साधरणसभा तथा अधिवेशन शुक्रबारदेखी भैरहवामा शुरु भएको छ ।
संघको सभाहल कालिकापथमा भएको कार्यक्रममा महासचिव कुलप्रसाद न्यौपानेले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए ।
संघका अध्यक्ष विष्णु प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त साधरणसभाको उद्घाटन उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले गरेका थिए ।
सभाको उद्घाटन गर्दै पाण्डेले राज्य व्यवसायीमूखी बन्नुपर्नेमा जोड दिदैं संघका जिल्ला र नगरशाखामा केही विवाद भएको तर्फ इंगित गर्दै त्यसलाई समाधान गर्न सबै व्यवसायीको अग्रसरता आवश्यक्ता भएको औल्याए ।
सो अवसरमा बोल्दै संघका अध्यक्ष शर्माले व्यवसायीक र औद्योगिक विकासकोलागी सिद्धार्थनगर उद्योग वाणिज्य संघको भूमीका अग्रपंक्तिमा भएको बताए ।
प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले व्यवसायीक र औद्योगिक हितकोलागी सबै व्यवसायी मिलेर सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा पत्रकार महासंघका अध्यक्ष शेरबहादुर केसीले रुपन्देही २ बाट प्रतिनिधीत्व गर्ने ७ जना सभासद भएतापनि कार्यक्रममा १ जना पनि सहभागी नहनु राम्रो नभएको टिप्पणी गरे ।
संघका पुर्व अध्यक्ष ओमकार गौचनले अन्डर विलींग सिस्टमलाई पुर्णतया नियन्त्रण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।
एमालेका जिल्ला उपसचिव राजेन्द्र प्रसाद पन्थिले अवसर र चुनौतिको दोसांधमा सिद्धार्थनगर उद्योग वाणिज्य संघ भएको हुदां चुनौतिलाई चिर्दै एकताबद्ध भएर अगाडी बढेमा यो क्षेत्रको विकासमा संघको भूमीका प्रभावकारी हुने बताए ।
नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष दीपक क्षेत्री न्यौपानेले विकासमा सबैको सहभागीताको आवश्यक्ता औल्याए । साधरणसभामा शुभकामना मन्तब्य राख्दै पुर्व राज्य मन्त्री ओमप्रकाश यादवले रुपन्देहीको विकासमा उद्योग वाणिज्य संघको भूमीका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
साधरणसभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर थापा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
उद्योग वाणिज्य संघका केन्द्रिय सदस्यहरु कृष्ण प्रशाद शर्मा, महेन्द्र कुमार श्रेष्ठ, एसएसपी गणेश केसी, एसपी राजेन्द्र ढकाल, उद्योग व्यापार संगठनका अध्यक्ष खिमबहादुर खत्री, एमाओवादीका हकिउल्लाह खान, सन्तोष पाण्डे, धुव्रकुमार श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ लगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो ।
– चार जना पत्रकारसहित एक साहित्यकार सम्मानित
यसैबीच संघको साधरण सभाको अवसरमा जिल्लाको उद्योग कृर्षि पर्यटन एवं आर्थिक विकासका लागी सिद्धार्थनगर उद्योग वाािण्ज्य संघले खेलेको भूमिकालाई सकारात्मक एवं प्रभावकारी ढंगले समाचार सम्प्रेषण मार्फत पुर्याएको योगदानको कदर गर्दै भैरहवाका ४ जना पत्रकारलाई नगद र प्रमाणपत्रले सम्मानित गरेको छ ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीप जंग पाण्डे र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु शर्माले पत्रकारहरु कमल रायमाझी, श्यामशंकर पाण्डे, सम्झना शर्मा र राधेश्याम विश्वकर्मालाई नगद सहित सम्मानित गरेको हो ।
रायमाझी लुम्बिनीखबर, रासस र सगरमाथा टिभीमा आबद्ध छन भने पाण्डे दैनिकपत्र र राजधानीमा आबद्ध छन् । यसैगरी शर्मा नारिविम्ब र रुपन्देही एफमा आवद्ध छिन् भने विश्वकर्मा बुटवल टुडे र एभिन्युज टिभीमा आवद्ध छन् ।
यसैगरी संघका पुर्व अध्यक्ष रुद्रविलास तुलाचनको स्मृतिमा स्थापित रुद्रविलास सम्मान वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराईलाई प्रदान गरेको छ । रुपन्देहीको सामाजिक, शैक्षिक, सास्कृर्तिक , साहित्यीक विकास, संरक्षण र प्रबद्र्धनमा आधा शतक देखी क्रियासील भई लागेको भन्दै सो सम्मान प्रदान गरेको हो ।
















प्रतिक्रिया