काठमाडौं, २९ फागुन । सुनचाँदी बजारमा सुनको भाउ फेरि बढेको छ । यो हप्ताको शुक्रबारसम्म सुनको भाउ तोलमा १ हजार दुई सय रुपैयाँले बढेको हो ।
बजार मूल्य घटबढ प्रणाली अनुसार सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।
जसअनुसार शुक्रबार सुनको भाउ १ हजार २ सय ले बढेर तोलाको ५१ हजार ३ सय रुपैयाँ पुगेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ५० हजार १ सय रुपैयाँमा कारोवार भएको थियो । चाँदीको भाउ पूरानै यथावत छ ।















प्रतिक्रिया