काठमाडौं, २९ फागुन । एसएलसीको ट्युसन पढ्न गएका बेला दुई छात्रामाथि एसिड प्रहार गर्ने अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रहरी स्रोतका अनुसार आज वेलुका पत्रकार सम्मेलन गरी युवतीमाथि एसिड फाल्ने अभियुक्त सार्वजनिक गरिन लागेको हो । यद्यपी एसिड फाल्ने को हो भन्ने बारे खुलाइएको छैन् ।
घटना भएको ३ हप्तापछि प्रहरीले आज एसिड प्रहार घटनाको अनुसन्धान प्रगति सार्वजनिक गर्न लागेको हो । प्रहरीका अनुसार आज अनुसन्धानबाट देखिएका सत्यतथ्य कुराहरु सार्वजनिक गरिने छन् ।
महानगरीय प्रहरी प्रमुख एआइजी विज्ञानराज शर्माले एसिड आक्रमण घटना अनुसन्धानको प्रगति विवरण आज वेलुका सार्वजनिक गरिने जानकारी दिनुभयो ।
गत फागुन १० गते राजधानीको केन्द्र बशन्तपुरस्थित एक ट्युशन सेन्टरमा पढ्दै गरेका सिमा बस्नेत र संगिता मगरलाई एसिड प्रहार गरी घाइते बनाइएको थियो ।
दुवैको अहिले अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अहिलेसम्म एसिड आक्रमणकारीलाई पत्ता नलगाएको भन्दै विभिन्न संघसस्थाले आलोचना गर्दै आएका थिए ।
आक्रमणकारी को हो ? त्यो आज वेलुका प्रहरीको अनुसन्धान सार्वजनिक भएपछि मात्रै थाहा हुनेछ ।















प्रतिक्रिया