३० आश्विन २०८३, शुक्रबार

नवलपरासीको बजेटमा विकास प्राथमिकतामा, पाँच अर्ब रुपैयाँ प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaपरासी, २९ फागुन । जिल्ला विकास समिति नवलपरासीको २३ औं जिल्ला परिषद्बाट कुल रु चार अर्ब ६९ करोड ३५ लाख ५५ हजारको वार्षिक प्रस्तावित बजेट सार्वजनिक गरिएको छ ।

परिषद्को उद्घाटन उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए ।

जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले आगामी आर्थिक वर्ष २०७२÷०७३ का लागि सो बजेट सार्वजनिक गरेका थिए ।

प्रस्तुत बजेटमा चालुतर्फ रु ८७ करोड ४४ लाख ६७ हजार र पूँजिगततर्फ रु तीन अर्ब ८१ करोड ९९ लाख ८० हजार रहेको छ । बजेटमा विकास निर्माणका योजनालाई प्राथमिकतामा राखिएको छ ।

बजेटमा इलाकास्तरीय गोष्ठीबाट आएका योजनाहरुलाई उच्च प्रथामिकतामा राखेर बजेट विनियोजन गरिएको उल्लेख छ ।