२९ आश्विन २०८३, बिहिबार

विश्वप्रसिद्ध चिकित्सक कुमुद धिताल अमेरिकामा, मृत मुटुका बारेमा छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DR-KUMUD-DHITAL

– विजय थापा 

डिसी, अमेरिका । अमेरिकाको छोटो भ्रमणमा रहनु भएका विश्व विख्यात चिकित्सक कुमुद धितालसंग वहाले मृत व्यक्तिको ‘मृत मुटु’ निकालेर प्रत्यारोपण गरेको बिषयमा अमेरिकामा एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ ।

अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया (नेपालीज एसोसिएसन इन साउथ इस्ट) अमेरिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा डा. कुमुद धितालले मृत मुटु प्रत्यारोपण सम्बन्धमा जानकारी गराउदै आफु सानै देखि स्नायु शल्य चिकित्सक (न्युरो सर्जन) हुने दाउ थियो भन्नुभयो ।

शल्य चिकित्सक बन्ने इन्छा पहिलादेखि नै थियो भन्दै काम गर्दै जादा मुटुको शल्यक्रिया कस्तो हुन्छ भनेर लागेपछि राम्रो लागेकोले आफु मुटु सम्बन्धि रोगमा विशेषज्ञता गर्न लागेको बताउनुभयो ।

अष्ट्रेलियाको सेन्ट भिन्सेन्ट अस्पतालका कार्डियोथोरासिक शल्य चिकित्सक कुमुद धितालले मुटु प्रत्यारोपणमा गरेको ऐतिहासिक कामले उहाँलाई विश्व चिकित्सा जगतमा चर्चाको शिखरमा पुर्याएको छ ।

जसको कारण नेपाल र नेपालीको शिर उच्च भएको सबैले महसुस गरेका छन् । चिकित्सक धितालले मृत्यु भई सकेको व्यक्तिको मुटु अर्को व्यक्तिमा सफल प्रत्यारोपण गर्ने काम चौथो पटक सफलतापूर्वक सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।

dhitalमृत व्यक्तिको ‘मृत मुटु’ निकालेर विशेष यन्त्रमा राखी पुनजिर्वित पारेपछि विरामी व्यक्तिमा प्रत्यारोपण गर्ने डा. कुमुद धिताल विश्वमै पहिलो चिकित्सक हुनु भएकोमा अमेरिकाका नेपाली समुदायले उहाँसंग अन्तरक्रिया गर्न पाउदा मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

मुटु प्रत्यारोपण गर्ने चर्चा गर्दै उहाँले कहाँ कहाँ पढे र के के भयो भन्ने बारेमा जीवनको भोगाई लाई कार्यक्रममा स्मरण गर्नुभएको थियो ।

मृत व्यक्तिको ‘मृत मुटु’ निकालेर विशेष यन्त्रमा राखी पुनजिर्वित पारेपछि विरामी व्यक्तिमा प्रत्यारोपण गर्ने डा. कुमुद धिताल विश्वकै पहिलो चिकित्सक हुनुहुन्छ ।

डा. धितालले ‘ब्रेन डेथ’ भइसकेका तर, मुटु चल्न बन्द नभएका व्यक्तिको मुटुलाई मात्र विरामी व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्थ्यो ।

तर, मुटुको गति समेत बन्द भइसकेका मृतकको मुटुलाई पुनः धड्किन सक्ने बनाएर प्रत्यारोपण गर्ने यो नयाँ प्रविधि हो भन्नुभयो ।

जसको कारणले मुटुका विरामीहरुको आयु लम्बाउने सम्भावना हुन्छ भन्नु भयो । मुटु प्रत्यारोपण गर्न आर्थिक भार प्रबिधि र उपयोग गरेर फ्याक्न लायक सामानहरुको लागि निकै लाग्ने बताउनुभयो ।

मुटु प्रत्यारोपण गर्न रगत समुह मिल्नुपर्ने हुन्छ भन्दै बिगतमा चिम्प्यांजीमा मुटु प्रत्यारोपण गरेको तर २ घण्टामा मरेको उल्लेख गर्नुभयो ।

अस्ट्रेलियाको सेन्ट भिन्सेन्ट अस्पतालले भिक्टर चाङ कार्डियाक रिसर्च इन्स्टिच्यूटको सहयोगमा यो प्रत्यारोपण गरेको पनि बताउनुभयो ।

डा. धितालले नयाँ प्रविधिले गर्दा यो सम्भव भएको बताउनु हुँदै मृत मुटु’ प्रत्यारोपणका लागि सघन रुपमा अनुसन्धान गरेर यो सफलता हात लागेको जानकारी दिनुभयो ।

उहाँले ‘हर्ट इन अ बक्स’ भनिने यन्त्र बनाउन सफल भएको भन्दै ‘मृतकको मुटु निकालेर ‘हर्ट इन अ बक्स’ मा राखेर त्यसलाई विशेष प्रणालीमा जोडी पुनः चलायमान बनाइन्छ भन्नुभयो ।

अहिलेसम्म मृत्यु भएको ३० मिनेटभित्र मुटु निकालेर चलायमान बनाउन सकिए पनि यो अवधि अझै लम्ब्याउन सकिने कुराको जानकारी दिदै कृतिम मुटु भन्दा यो निकै राम्रो र सरल हुन्छ भन्नुभयो ।

मुटु प्रत्यारोपण गर्न आफुलाई शोख भएकोले कहिले बेलायत, कहिले रोम त कहिले अस्ट्रेलिया गएको बताउनुभयो । उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जिज्ञाशा राखेका थिए ।

ईटालीको रोममा जन्मनु भै अधिकांश जीवन विदेश मै बिताउनु भएका डा. धितालले धारा प्रवाह नेपाली भाषामा बोल्दा सहभागीहरु खुशी हुनुको साथै आश्चर्य पनि भएका थिए ।

नासिया (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)का जनसम्पर्क समितिका संयोजक प्राध्यापक डा. नरकाजी गुरुङले उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली र नेपालको हितको लागि बिशेष योगदान गर्नुहुने व्यक्तित्वलाई छलफलमा बोलाउने गरेको जानकारी गराउदै डा. कुमुद धिताललाई यस पटक बोलाईएको हो भन्नुभयो ।

अमेरिकाको छोटो भ्रमणमा पनि डा. धितालका कुराहरु सनाई दिनुभएकोमा डा. गुरुङले संस्था तथा व्यक्तिगत तर्फबाट धन्यबाद दिनुभएको थियो ।

कार्यक्रमको सभापतित्व संस्थाका सभापति रामचन्द्र बराल (बिद्या वारिधि)ले गर्नुभएको थियो । उहाँले डा. धिताल नेपाल र नेपाली समुदायका लागि उत्प्रेरक र उदाहरण हुनुहुन्छ भन्दै प्रशंसा समेत गर्नुभएको थियो ।