– सीता सापकोटा
बेल्जियम । बेल्जियमका प्रवासी नेपालीले भव्यताका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् ।
मेक ईट ह्याप्पन भन्ने १०५ औँ अन्तराष्ट्रिय नारी दिवसको नारा संगै ‘महिला मैत्री संविधान हिँसा मुक्त समाज को निर्माण’ भन्ने राष्ट्रिय नारा का साथ यो बर्ष पनी बेल्जियमा गैर आवासिय नेपाली संघ महिला समितिद्वारा गत आईतबारका दिन एक भब्य कार्यक्रम सम्पन्न भएको हो ।
गैर आवासिय नेपाली संघ बेल्जियम की पुर्व महिला संयोजक तथा बेल्जियम एसिया फोरमकी अध्यक्ष लिला शर्मा मानन्धर ले कार्यक्रम संचालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गैर आवासिय नेपाली संघ बेल्जियम की सल्लाहकार सीता सापकोटाले अन्तराष्ट्रिय नारी दिवसको ईतिहास र यसको महत्व को बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गैर आवासिय नेपाली संघ बेल्जियमका अध्यक्ष प्रेम गुरुंगले महिलाहरु कसैको काँध बनेर होईन आफ्नो क्षमता ले अगाडी आउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
‘महिला फुटेर होईन जुटेर र संकिर्ण बिचार त्यागेर पुरुष को प्रतिष्प्रधामा आउन सक्नु पर्दछ भन्दै गैर आवासिय नेपाली संघ लाई धनीको संस्था र राजाको संस्थाको रुपमा नहेरीयोस’ उहाँले भन्नुभयो ।
कार्यक्रमका बिशेष अतिथि युरोपियन संयोजक अर्जुन कुमार श्रेष्ठले हामी अबको युगमा महिला र पुरुष नभई समान हुन सक्नुपर्दछ त्यसको लागी हामीमा सकारात्मक सोँचको साथ एक जुट भएर अगाडी बढ्नु पर्दछ भन्नुभभयो ।
केन्द्रिय सदस्य जानकी गुरुङले हामी महिलाहरु संकिर्णतामा होईन ठुलो बिचार लिएर अगाडी बढ्नु पर्दछ भन्दै बरियता क्रममा आँफु माथी हुनुपर्ने गुनासो समेत राख्नुभयो ।
त्यस्तै पुर्व अध्यक्ष पिजी शेर्पाले नेपाल को कानुन ले महिला पछाडी परेको र ३३ प्रतिशत कतै लागु नभएको अवस्थामा महिलाहरु लडेर यो अधिकार लिनुपर्नेमा जोड दिनुभयो ।
बिभिन्न संघ सस्थाको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रमा बिभिन्न महिला बक्ताहरु ले बढ्दो हिँसा र यसको न्युनिकरण को लागी आवाज बुलन्द पारेका थिए ।
गैर आवासीय नेपाली संघ बेल्जियम की महिला संयोजक यशोदा थापाको अध्यक्षता र गैर आवासिय नेपाली संघ बेल्जियमका अघ्यक्ष प्रेम गुरुङ को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रममा गैर आवासिय नेपाली संघ युरो का संयोजक अर्जुन कुमार श्रेष्ठ, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार युवराज गुरुङ, अन्तराष्ट्रिय समन्वय परिषद का सदस्य जानकी गुरुङ, अन्तराष्ट्रिय समन्न्वय परिषद का सदस्य शिब कुमार बरुवाल, गैर आवासिय नेपाली संघ बेल्जिय का पुर्व अध्यक्ष पिजी शेर्पा र गैर आवासिय नेपाली संघ बेल्जिय की महिला उपाध्यक्ष सारदा अर्याल को बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमा पुर्व क्षेत्रीय अध्यक्ष झुना निरौला ले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
गैरआवासिय नेपाली संघ बेल्जियम की उपाध्यक्ष सारदा अर्याल, नेपाली प्रगतीशिल महिला मंचकी अध्यक्ष निर्मला बजगाई, पुर्व अध्यक्ष कल्पना मगर, संयुक्त नेपाली मोर्चा युरोपकी सदस्य शुष्मा भुषाल, लोकतान्त्रित महिला मञ्चकी अध्यक्ष ईसा गुरुङ, प्रवासी नेपाली संघकी कोषाध्यक्ष मुना केसी, तमु समाज बेल्जियमकी निवर्तमान उपाध्यक्ष दुर्गा गुरुङ, नेपाली जनसम्पर्क समिति बेल्जियमकी सदस्य राधा प्रधान, गैर आवासिय नेपाली संघकी निबर्तमान सचिव अनुजा प्रधान, गैर आवासिय नेपाली संघ बेल्जियमकी निबर्तमान महिला उपाध्यक्ष अनिता लामा, प्रवासी नेपाली मञ्चकी क्षेत्रिय अध्यक्ष श्रीमती हरी भट्टराई, गैरआवासिय नेपाली संघ बेल्जियमकी सह–कोषाध्यक्ष रेणु गुरुङ र युरो कलाकार संघ बेल्जियम की कोषाध्य़ मुना ताम्राकार लगायतले नेपाल मा भईरहेको बढ्दो हिंसाको खुलेर बिरोध गरेका छन् ।
उनीहरुले वालिका बलात्कार, एसिड प्रकरण, जस्ता जघन्य अपराध गर्ने अपराधीहरु लाई नेपालको कानुनमा फाँसीको ब्यबस्था गरी झुण्ड्याईनु पर्ने माग गरेका छन् ।
२१ औँ शताब्दीमा आएर पनी हामी अझै दाईजो प्रथा, चेलीबेटी बेचबिखन, देउकी प्रथा, कमलरी प्रथा र बोक्सीको आरोपमा जिउँदै जलाईका कुरुती र कुसंस्कारका घटनाले हामी बिश्वसामु लज्जास्पद हुनु परेको दृस्टान्त पस्केका थिए ।
नारी कमजोर छैनन, निर्णाएक ठाउँमा पुर्याउ र क्षमता पहिचान गर भन्दै हरेक नारीले आफ्नो अवसरको खोजी गरी अघी बढ्नुपर्ने धारणा ब्यक्त गरेका थिए ।
नारी निती निर्माणको तहमामा नपुगे सम्म हामी माथीका हिंसाको अन्त्य नहुने र हामी पार्टी, बर्ग क्षेत्र र जात भन्दा माथी उठेर काम गर्नुपर्नेमा जोड दिनुको साथै हामी मान सम्मान भन्दा पनी कर्म मा बिश्वास गर्दै जाने बुझेका नारीले पछाडी परेका अरु नारीलाई अगाडी ल्याउनुपर्ने र नारीले नारीको खुट्टा तान्ने प्रबृद्दी को अन्त्य हुनुपर्ने मा एक मत देखिन्थे ।
संविधान निर्माणको प्रक्रिया मा रहेको हाम्रो देश मा हरेक तह र तप्का मा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने र बिदेशमा पनी हरेक संघ सस्था देखी गैरआवासिय नेपाली संघमा पनी कम्तीमा ५० प्रतिशत महिलाको सहभागिता हुनुपर्ने र पदिय दायित्व अनुसारको जिम्मेवारी समेत पाउनु पर्नेमा आवाज बुलन्त पारेका थिए ।
महिला माथी हुने गरेका हरेक खाले हिँसाको अन्त्य हुनुपर्नेमा हामी देश बिदेश जहाँ रहे पनी सम्पुर्ण नेपाली महिलाहरु को एक मत हुनेमा दुविदा नरहेको धारणा सबै बक्ता दिदी बहिनीहरुको रहेको थियो ।
उक्त कार्यक्रममा नेपाली जन सम्पर्क समिती बेल्जियम का अध्यक्ष शुभाष जोसी, निबर्तमान अध्यक्ष गंगाधर गौतम, संयुक्त नेपाली मोर्चा युरोपका अध्यक्ष सुरेन्द्र भुषाल, प्रवासी नेपाली संघ बेल्जियमका अध्यक्ष अर्जुन गुरुङ, नेपाली जन प्रगतिशिल मंच का अध्यक्ष चित्र सुवेदी, पर्वत समाजका अध्यक्ष केदार जोसी, गैर आवासिय नेपाली संघ बेल्जियम का उपाध्यक्ष बिजय मल्ल र महासचिव माधव सापकोटा, नेपाली साहित्य समाज बेल्जियम का अध्यक्ष दिपेन्द्र केसी, क्षेत्री समाज का अध्यक्ष मोहन खत्री पत्रकार डिल्ली अमाई, नवलपरासी सहायता समाजकी उपाध्यक्ष तारा अमगाई, लगायतको उपस्थिती थियो ।
















प्रतिक्रिया