२८ आश्विन २०८३, बुधबार

छ महिना सम्म मिर्गौला परीक्षण नगराए क्यान्सर हुन सक्छ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kidney-Mirgaulaकाठमाडौँ, २८ फागुन । नेपाल किड्नी फाउन्डेसनले ६० प्रतिशत रोग नलागेसम्म मिर्गौला रोगको लक्षण थाहा नहुने भएकाले हरेक व्यक्तिले छ/छ महिनामा मिर्गौलाको परीक्षण गराउनुपर्नेमा जोड दिएको छ ।

विश्व मिर्गौला दिवसका अवसरमा विहीवार राजधानीमा आयोजित प्रभातफेरीपछिको समापनका अवसरमा फाउन्डेसनका अध्यक्ष डा शक्ति बस्नेतले मिर्गौला शरीरको महत्वपूर्ण अङ्ग भएकाले प्रशस्त मात्रामा पानी पिउनु र मधुमेह तथा उच्चरक्तचाप जस्ता रोग नियन्त्रणमा राख्न सुझाव दिनुभयो ।

स्वास्थ्यकर्मीका अनुसार ६/६ महिना सम्म पनि मृगौला परीक्षण नगराउनेलाई क्यान्सरको प्रबल सम्भावना हुन्छ ।

सोही अवसरमा थकाली स्वास्थ्यकर्मी परिवारले बालाजुमा गरेको मिर्गौला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा २० देखि ८४ वर्षसम्मका वृद्धको मिर्गौला परीक्षण गरिनाका साथै बिरामीलाई निःशुल्क औषधिसमेत निःशुल्क प्रदान गरियो ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थलीका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ एवम् कार्यकारी निर्देशक प्रा. डा. ऋषिकुमार काफ्लेको नेतृत्वमा २० स्वास्थ्यकर्मीको सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो ।

सो अवसरमा प्रा डा काफ्लेले स्वस्थ रहनका लागि हरेक व्यक्तिले समयसमयमा मिर्गौलाको परीक्षण गराउनुपर्नेमा जोड दिनुभयो ।