२९ आश्विन २०८३, बिहिबार

एनआरएन अमेरिका अधिवेशनको खेलकुद तयारी अन्तिम चरणमा पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nrna– विजय थापा 

डिसी, अमेरिका । गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय समिति अमेरिकाको आगामी मार्च २१ र २२ तारिखमा डिसी महानगर क्षेत्रमा हुने तेस्रो अधिवेशनको लागि बिभिन्न खेलको आयोजना भब्य तयारीको साथ अन्तिम अवस्थामा पुगेको छ ।

अधिवेशनमा नेपाल र नेपालीको शिर उच्च पार्ने खेलाडीहरुलाई सम्मान गरिने भएको छ । उक्त सम्मान कार्यक्रममा अमेरिकाका बिभिन्न राज्यहरुमा लामो समय देखि बस्दै आएका र अमेरिकामा पनि पेसालाई निरन्तरता दिदै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक तथा खेलाडीहरुलाई सम्मान गरिने छ ।

मार्च २० तारिखका दिन एक भब्य कार्यक्रम बीच सम्मान गरिने जानकारी खेलकुद संयोजक नारायण गुरुङले बताए ।

खेलकुदका बिभिन्न खेलहरुमा भकुण्डो, बास्केट बल, टेबल टेनिस तथा गल्फ खेलहरु खलाईने छ । सकर खेलमा न्युयोर्क, बाल्टिमोर, भर्जिनिया तथा डिसीका ६ वटा समुहले भाग लिने छन् भने भकुण्डो पुरुष वर्गको मात्र गराईने छ ।

अन्य खेलमा बास्केट बलमा ४ समुह, टेबल टेनिस तथा गल्फमा धेरै खेलाडीहरु सहभागी हुने भएको जानकारी स्थानीय रुपमा खेलकुदको जिम्मेबारी लिई संयोजकको भूमिका निर्वाह गरीरहेको चन्द्र लामाले बताए ।

nrnआगामी मार्च २१ र २२ तारिख अमेरिकाको लिबर्टी कप त्यही समयमा आयोजना हुने भएकोले खेल मैदानको पाउन निकै कठिन भएता पनि व्यवस्था मिलाईएको लामाले बताए ।

अब अधिवेशन हुन् केवल १० दिन मात्र बाकी छ भने सम्मान गरिने प्रशिक्षक तथा खेलाडी समेत गर्दा ५ सय भन्दा ज्यादा हुने सम्भावना रहेको छ ।