२८ आश्विन २०८३, बुधबार

पूर्वी रसियाको तीन ठाउँमा अलग अलग सुर्य उदाएपछि…

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

three_sun_rising_in_Rasiya_780221806काठमाडौं । सुर्य पूर्वबाट उदाउने भएपनि रसियाको एक गाउँमा एकैपटक तीनवटा सुर्य उदाएको छ ।

तीन अलग अलग ठाउँमा सुर्य उदाएको दृष्य सार्वजनिक भएको छ ।

रसियाको काजाकिस्तान सिमानादेखि ८० माइल टाढाको एक गाउँमा विहान एक्कासी तीनवटा सुर्य उदाएको स्थानियले बनाएका छन् ।

तीनवटा सूर्य उदाएपछि चेलियाविंस्कका स्थानीयबासी आश्चर्यचकित परेका छन् । यो घटना विश्वमै नौलो हो ।

स्थानीयका अनुसार सुर्यका तीनवटा किरण पालैपालो संगसंगै उदाएका थिए । तर तीनवटा सुर्य आकाशबाट उदाएको हैन् ।

आँखाले हावामा देख्न नसकिने बरफको सानो भन्दा सानो क्रिस्टलले दृष्यलाई भ्रमित गर्दै एउटै सुर्यलाई तीन ठाउँमा अलग अलग देखाएको थियो ।

माइनस् २५ डिग्री सेन्टिग्रेट भन्दा कम तापक्रमकै कारण अप्टिकल भ्रम देखिने गरेको खबरहरु सार्वजनिक भएका छन् ।

तीनवटा सुर्यको किरण सामाजिक सञ्जालमा भाइरल बनेको छ । तीनवटा सुर्यको किरण देखिएपछि संसारभरीमा मान्छे आश्चर्यचकित परेका छन् । एजेन्सीको सहयोगमा