३० आश्विन २०८३, शुक्रबार

बाग्लुङ उपनिर्वाचन : एमालेबाट मनाकुमारी केसीले उम्मेदवारी दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mana-kc-1काठमाडौं, २७ फागुन । आगामी चैत २८ गते बाग्लुङ क्षेत्र नम्बर १ मा हुन लागको उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट मनाकुमारी केसीले उम्मेदवारी दिनुहुने भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय कमिटी बैठकले बैकल्पिक केन्द्रीय सदस्य केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

दुर्घटनामा परी नेपाली कांग्रेस प्रत्यक्षतर्फका उम्मेदवार हरिबहादुर खड्काको निधन भएपछि बाग्लुङ १ मा उपनिर्वाचन हुन लागेको हो ।

यसअघि एमाओवादीले पार्टी प्रवक्ता दिनानाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेपाली कांग्रेसले दुर्घटनामा निधन भएका खड्काकी पत्नी चम्पा खड्कालाई उम्मेदवार बनाएको छ ।