३० आश्विन २०८३, शुक्रबार

सावधान ! सडकमा चुरोट पिउनेलाई प्रहरीले पक्राउ गर्न थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cigrete

काठमाडौं, २६ फागुन । राजधानी र वरपरका सहरमा सडकमा चुरोट पिउने चुरोट खाने युवायुवतीहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

काठमाडौं प्रहरीको ‘चुसे’ अभियान अन्तर्गत सार्वजनिक स्थानमा चुरोट खानेहरु काठमाडौंमा पक्राउ पर्न थालेका हुन् । प्रहरीले मंगलबार उपत्यकाका विभिन्न स्थानबाट २२ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएका प्रहरीले सडकमा बसेर चुरोट खाइरहेका युवायुवतीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये ५ जनालाई सम्झाई बुझाई जिम्मा जमानीमा छाडिएको र १७ जना लाई जिल्ला प्रशासन कार्यालय बबरमहलमा आवश्यक कारवाहीको लागी पठाइएको काठमाडौं प्रहरीका प्रवक्ता डिएसपी दिनेश आचार्यले जानकारी दिनुभयो ।