३० आश्विन २०८३, शुक्रबार

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा लापरवाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doctor-checkup-smallकाठमाडौँ, २६ फागुन । वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणमा कमिसनको खेलका कारण लापरवाही हुँदा विदेश पुगेर कामदार फिर्ता हुन परिरहेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

कामदारको स्वास्थ्य परीक्षणनै नगरी निरोगिताको प्रमाणपत्र दिने, कमसल उपकरणबाट परीक्षण गर्ने, सामूहिक परीक्षण गरी साधनको प्रयोग बचाउनेलगायतका प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका थिए ।

360_checkup_consult_0402नेपालको स्वास्थ्य परीक्षणमा सफल हुने तर विदेशको परीक्षणमा असफल हुनुले नेपालको स्वास्थ्य परीक्षणको विश्वसनियतामाथिनै अविश्वास पैदा हुने चिन्ता उनिहरूले व्यक्त गरे ।

वैदेशिक रोजगार व्यवसायी महासङ्घका पूर्व अध्यक्ष सोमलाल बाटाजुले स्वास्थ्य संस्था दर्ता गर्दा सरकारी अधिकारीले एउटा मेडिकल देखाउने तर कामदारको स्वास्थ्य परीक्षण गर्दा अर्को मेडिकलमा लैजाने परिपाटीका कारण समस्या आएको धारणा राख्नुभयो ।

doctor-checkupउहाँले स्वास्थ्य संस्थाको नियमित अनुगमन गर्नसके वैदेशिक रोजगारीको स्वास्थ्य क्षेत्रमा देखिएका अधिकांश समस्या समाधान हुने जिकिर गर्नुभयो ।

वैदेशिक रोजगार मेडिकल एसोसियसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले विदेशमा गएर स्वास्थ्य परीक्षणमा असफल हुनेमध्ये अधिकांश रगत जाँचमा सफल हुने तर एक्सरे जाँचमा असफल भएको पाइएको जानकारी दिनुभयो ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका सल्लाहकार किरणकिशोर घिमिरेले खाडी मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षणमा समस्या नदेखिएपनि बायोमेट्रिक प्रणाली लागुगर्ने निहित उद्देश्यले मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणमा असफल पारिने गरेको आरोप लगाउनुभयो । रासस