३० आश्विन २०८३, शुक्रबार

लघुवित्तमा रु एक अर्ब २० करोड ऋण लगानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

loan-धनगढी, २६ फागुन । साना किसान बहुद्देश्यीय सहकारी संस्था कैलालीले लघुवित्त कार्यक्रममार्फत महिलालाई स्वरोजगार प्रदान गर्न रु एक अर्ब २० करोड ऋण लगानी गरेको छ ।

लगानी गरेको ऋण रकम मध्ये हालसम्म रु ८५ करोड असुली भएको सहकारी संस्थाले जनाएको छ । जिल्लाका १० ठाउँमा रहेका संस्थाका शाखा कार्यालयमार्फत गरिएको ऋण लगानीबाट झन्डै २४ हजार विपन्न समुदायका महिला लाभान्वित भएका छन् ।

विसं २०६४ देखि विपन्न महिलालाई लक्षित गरी लघुवित्त कार्यक्रम सञ्चालन गरेको सहकारी संस्थाका व्यवस्थापक डम्मरबहादुर शाहले बताउनुभयो ।

संस्थाबाट बिनाधितो प्राप्त गरेको ऋण रकमबाट आफूहरुले तरकारीखेती, सिलाइकटाई, बाख्रापालन, व्यापार व्यवसाय, कुखुरापालन, बङ्गुरपालनलगायतका स्वरोजगार सम्बन्धी क्रियाकलाप गरिरहेको भजनी त्रिशक्ति नगरपालिका–७ की दिलरानी चौधरीले बताउनुभयो ।

सहकारीका जिल्लामा सञ्चालित १० वटा शाखा कार्यालयका एक हजार केन्द्र रहेका छन् । बैंक तथा वित्तिय संस्थाबाट ऋण लिने प्रक्रिया झन्झटिलो भएको अवस्थामा सहकारी संस्थाले सञ्चालन गरेको लघुवित्त कार्यक्रमबाट आफूहरु निकै लाभान्वित भएको पहलमानपुर–९ की गुलिया चौधरीले बताउनुभयो ।

रु एक लाख ऋण लिएर थारु चौधरी समुदायको पहिरन (लेहङ्गा) तयार गर्ने व्यवसाय सुरु गरेकी चौधरीले हाल मासिक रु ४० हजार कमाउन सफल हुनुभएको छ । पूर्व मुक्तकमैया समेत रहेकी उहाँले व्यवसायबाट भएको कमाइबाट आफ्नो पक्की घर बनाउने योजना रहेको बताउनुभयो ।

जिल्लामा सहकारी संस्था धमाधम खुल्ने क्रमसँगै विपन्न समुदायका व्यक्ति यसमा आवद्ध भई लाभान्वित हुन थालेका सहकारी डिभिजन कार्यालय कैलालीका प्राचार्य खेमराज विष्टले बताउनुभयो । रासस