काठमाडौं, २६ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न एमालेको स्थायी समितिको बैठक बस्दैछ ।
एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा आज बस्ने बैठकमा संविधान सभा बैठक र केन्द्रीय सदस्यहरूको कार्यविभाजनका विषयमा छलफल हुने महासचिव ईश्वर पोखरलले जानकारी दिनुभयो ।
बैठकमा एमाओवादी नेतृत्वकोको विपक्षी मोर्चा, वार्ता प्रक्रिया, संविधान लेखनलगायतमा पनि छलफल हुनेछ ।















प्रतिक्रिया