काठमाडौं, २५ फागुन । रिलायबल डेभलपमेन्ट बैंकलिमिटेडले ५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । बैंकको सोमबार सम्पन्न नवौ वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष राधेश्याम अग्रवालले साधारणसभामा बोनस शेयर दिने प्रस्ताव राखेका थिए । अध्यक्ष अग्रवालको प्रस्तावलाई पारित गर्दै बैंकले बोनस शेयर दिने निर्णय गरेको हो ।
जसअनुसार रिलायबल बैंकले ०७०/७१ अषाढ मसान्त सम्मको खुद मुनाफाबाट ५ प्रतिशत बोनस शेयर दिन लागेको हो । साधारणसभामा बैंकले २०७१ सालको लेखापरीक्षकको प्रतिबेदनमा समेत छलफल गरेको थियो ।
साथै सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना पदाधिकारी राधेश्याम अग्रवाल, प्रविन मन श्रेष्ठ, हुतराज जोशी, सुनिल बल्लभ पन्त र दिलिप कुमार ढुंगाना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना बिजयराज जोशी र गोपाल जोशी निर्बिरोध निर्वाचित गरेको छ ।
सोमबारै बैंकको सञ्चालक समितिको बैठकले नव निर्वाचित सञ्चालक राधेश्याम अग्रवाललाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ । बोनस शेयर दिने भएपछि बैंकको शेयर बढ्ने अनुमान गरिएको छ ।
















प्रतिक्रिया