काठमाडौँ, २५ फागुन । काठमाडौँमा टर्किस एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेको खुसीमा नेपालका एक चर्चित व्यवसायीले आफ्ना ग्राहकहरुका लागि ९० लाख रुपैंयाको छुट दिने भएका छन् ।
सामसुङ मोबाइल कम्पनीका अधिकृत बिक्रेता दीपक मलहोत्राले आफ्ना ग्राहकहरुलाई विशेष छुट अफर ल्याएका हुन् ।
काठमाडौँमा गत हप्ता दुर्घटनामा परेको टर्किस एयरलाइन्सको जहाजमा २२४ जना यात्रु थिए । जसमा व्यवसायिक कामका लागि बार्सिलोना पुगेर काठमाडौँ फर्किँदै गरेका व्यवसायी दीपक मलहोत्रा, उनका एक्ला छोरा दिकेश, सामसुङकै नेपाल निर्देशक वाइ बी वोन र सामसुङकै अर्का एक कर्मचारी पनि थिए ।
‘यतिठूलो दुर्घटना हुँदा पनि जहाजमा रहेका २२४ यात्रु र चालक दलका सदस्य बाँच्यौ, यसलाई हामी पशुपतिनाथको कृपाले भन्छौँ ।,’ दैनिक नेपालसँग व्यवसायी मल्होत्राले भने, ‘गाडी दुर्घटना हुँदा मानिस बाँचेको सुनिन्छ, तर जहाज दुर्घटना हुँदा कोही यात्रुलाई सामान्य चोट समेत नलाग्नुलाई हामीले चमत्कार मानेका छौँ । त्यसैको खुसीमा यो विशेष छुट अफर ल्याइएको हो ।’
व्यवसायी मलहोत्राले आफूले पुनर्जीवन पाएको बताउँदै आएका छन् । जहाज दुर्घटनाबाट बचेपछि आफूले धेरै सद्भाव र माया पाएको उनले बताए ।
‘१४ वटा मोडलमा छुट दिएका छौँ । यो मोडल बजारमा रहेसम्म ग्राहकले छुट पाउनेछन् । छुट पाएको रकम हिसाब गर्दा करिब ९० लाख रुपैंया पुग्छ ।’- उनले भने ।
सामसुङ मोबाइलको नयाँ मोडल ग्लालेक्सी एस–६ को आगामी अप्रिल १० तारिखका दिन विश्वभर सार्वजनिक हुँदैछ । सोही दिन नेपालमा समेत नयाँ मोडल सार्वजनिक गर्नका लागि आफूले पहल गरिरहेको उनले बताए ।
यो पनि पढ्नुहोस्:
‘बाबुछोरा जहाजमा सँगै यात्रा गर्न नहुँदो रहेछ, झण्डै मेरो बंश गुम्यो !’

















प्रतिक्रिया