– गीतामणि पाण्डे
युएई, दुबई । दाङ देउखुरी समाज यूएईले प्रवासी नेपालीहरु हातेमालो गर्ने निर्णय गरेको छ । शुक्रबार समाजको यूएईमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बहुआयामिक, बहुजातिय, बहुधार्मिक एवम सामाजिक तथा सांस्कृतिक बिबिधताले भरिएको राष्ट्र नेपालको दाङ जिल्लाका बिभिन्न समुदाय लगायत राष्ट्रको सर्बाङ्गीन बिकाशका साथै प्रबासमा रहेका जिल्लाबासीका स्थापित संस्थाले सम्पर्क विस्तार गर्ने निर्णय पनि गरेको समाजका सचिव एकराज रिजालले जानकारी दिनुभयो ।
सबै नेपालीहरुका समस्यासंग सबै मिली जुध्नका लागि ‘सुरक्षित प्रवास, समृद्ध समाज निर्माण हाम्रो अभियान’ भन्ने नाराका समाजको बैठक बरदुबई स्थित मेट्रो पार्कमा आयोजना गरिएको थियो ।
समाजका अध्यक्ष शान्त गिरीको अध्यक्षतामा सम्पन्न सो बैठकमा बोल्दै सचिब एकराज रिजालले हामीले आउँदा दिनहरुमा यहाँका विभिन्न नेपाली संघ संस्थाको साथै यूएईमा कार्यरत सबै नेपालीहरु सँग हातेमालो गर्दै अघाडि बढ्ने र दाङ देउखुरीबासीहरुलाई समाजमा जोड्ने कुरामा जोड दिनु भएको थियो ।
उहाँले यो कार्यमा यहाँका सम्पूर्ण संघ संस्था र बुद्धिजिबीहरुको सदा साथ र समर्थन पाउने विश्वास पनि ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रवासी नेपाली किशोरले हाम्रो बिधान र उद्देश्यका अनुरुप नै अघाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै लगत्तै समाजले अब आउँदा दिनहरुमा के–कसरि अगाडीका कार्य सञ्चालन गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो ।
अन्त्यमा समाजका अध्यक्ष श्री शान्त गिरीले बोल्दै उपस्थित सबै दाङ देउखुरी र अन्य सम्पूर्ण समाजका सबै पदअदिकारीलाई हृदय देखि नै धन्यवाद दिनुभएको थियो ।
उहाँले हामीले सदा समाजलाई यसरी नै निरन्तर अघाडि बढाई रहने र आगामी दिनहरुमा यूएईका सबै प्रान्तहरुमा दाङ देउखुरी समाजको सदस्यता अभियान चलाऊने बिचार ब्यक्त गर्दै सो कार्यमा कोहि पनि छुट्नु नहुने बताउँदै बैठक समाप्त भएको घोषणा गर्नुभएको थियो ।
भेलामा उपस्थित सम्पूर्ण दाङ देउखुरी बासी पदाधिकारीहरुले आ–आफ्नो अन्य बिबिध महत्वपूर्ण बिषयमा छलफल गर्दै भेला सम्पन्न भएको थियो ।
साथै सोहीदिन रंगहरुको पर्वको रूपमा मानिने होली पर्व परेको र प्रबासमा रहेर पनि नेपाली रितिरिवाजको जगेर्ना तथा एक आपसमा खुशी साटासाट गर्दै एक आपसमा आत्मीयता तथा भाइचारा समन्ध प्रकट गर्दै होली पर्वमा रमाएका थिए ।
बिदेशमा रहेर पनि नेपाली पर्व होलि मनाउन पाउनु आपसी माया, सद्भाव भएको समाजका प्रबक्ता नारायण आचार्यले जानकारी दिनुभयो ।















प्रतिक्रिया