३० आश्विन २०८३, शुक्रबार

उत्खननमा रोक लगाएपछि मध्यपहाडी लोकमार्गको आयोजना अलपत्र

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh_singh-article

पाँचथर, २५ फागुन । जिल्ला विकास समिति तथा वन कार्यालयले कोहिरी उत्खनन गर्न रोकेपछि राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी लोकमार्गअन्तर्गत फिदिमस्थित जोरसालदेखि तमोर नदीसम्म निर्माणाधीन आयोजनाको काम ठप्प भएको छ ।

फिदिम–ताप्लेजुङ सडकखण्डको फिदिमदेखि पाँच किलोमिटरमा रहेको सडकदेखि दायाँबायाँ १५ मिटर टाढा स्थानमा आयोजनाको जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा प्रालिले निकाल्दै आएको ढुङ्गागिट्टी उत्खनन गर्न जिविस र वन कार्यालयले रोकेका हुन् ।

आयोजनाको जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक तेजकुमार कुरुम्बाङले भन्नुभयो–“जिविसलाई समेत आफूहरुले बुझाउनुपर्ने करसमेत बुझाइसकेको र पहिल्यै कोहिरी निकाल्न दिए पनि अहिले कोहिरी निकाल्न दिएन, सडक डिभिजन कार्यालय इलामले समेत सडकको दायाँबायाँ १५ मिटर टाढा मात्रै आफूहरुले कोहिरी निकाले पनि निकाल्न दिएनन् ।”

उहाँले भन्नुभयो–“अहिले कोहिरी उत्खनन गर्न नदिएपछि अहिले आयोजनाको काम नै ठप्प भएको छ, जिविसले गत माघ २८ गते नै पत्र लेखेर कोहिरी उत्खनन गर्न नदिएपछि अहिले आयोजनाको काम अघि बढ्न सकेको छैन् ।”

अढाइ वर्षमा कालापत्रे गरिसक्नुपर्ने सम्झौता रहे पनि आयोजनामा बाधा अड्चन हुने हो भने समयमै काम सक्न नसकिने प्रबन्ध निर्देशक कुरुम्बाङले बताउनुभयो ।

यता स्थानीय विकास अधिकारी तुलसीबहादुर श्रेष्ठले भन्नुभयो–“जुन ठाउँबाट अहिले कम्पनीले कोहिरी निकालिरहेको छ, त्यस ठाउँमा सडकलाई असर पर्ने भन्दै धेरै विवाद भएकाले हामीले विकल्पका रुपमा अन्य स्थान खोजिरहेको छौँ, कम्पनीलाई पनि कोहिरी उत्खननका लागि स्थान खोजी गर्न भनिरहेका छौँ, अब चाँडै उत्खनन गर्ने ठाउँ खोजेपछि उहाँहरुको काम पनि अघि बढ्ने छ ।” ३० करोड रुपैयाँमा सम्झौता भएको आयोजनाको कालोपत्रे गर्ने कार्य भइरहेको छ ।