२९ आश्विन २०८३, बिहिबार

एनआरएन अमेरिकाको वरिष्ठ उपाध्यक्षमा मलाई भोट किन ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neden-Dongala

प्रवासको नौलो ठाउँ नौलो, जीवनशैली सबै कुरा नौलो, त्यस माथि आर्थिक चपेटा अनि व्यस्तता, कष्टकर तथा तनावपूर्ण जीवनशैली हाम्रा साझा व्यथा हुन् भन्ने लाग्छ। दैवको लिला यस्तै रहेछ नचाहेर पनि बाध्यताले प्रवासी बन्नु पर्दोरहेछ । स्वदेशमा रहेका आफन्त अनि जन्मभूमिप्रति केही गरूँ भन्ने भावनामा ओतप्रोत प्रवासीहरू माझ अझ एक रूपता ल्याउन मैले पनि यसै संघमा आवद्ध भई थप सहयोग गर्नु पर्छ जस्तो लाग्छ ।

आदरणीय अमेरीकावासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरू, पत्रकारहरू, संघसंस्थामा आवद्ध पदाधिकारीहरू, बुद्धीजिवीहरू सादर नमस्कार ।

ताप्लेजुंग जिल्ला माईती तथा सोलुखुम्बु जिल्ला तामाखानी गाविस वडा न ७ (हाल दुधकुण्ड नगरपालिका वडा नम्बर ३) स्थायी घर भई हाल सपनाको संसार अमेरिकाको न्युयोर्क शहरको स्थायी वासिन्दा म नेदेन डोगांला शेर्पा आगामी मे महिनामा हुन गइरहेको एनआरएन अमेरिकाको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारको रूपमा यहाँहरू माझ प्रस्तुत भएको व्यहोरा जानकारी गराउन चाहन्छु।

प्रवासी दर्जावाट आफूलाई परिचय गराउन पर्दा आफ्नो बचपनलाई सम्झिन पुग्छु, बुवाआमाको घर अनि वाल्यकालमा हुर्किँदाको याद, चञ्चले स्कुले जीवन झल्झली आँखामा आउँछ र कता कता भक्कानो छोडेर रून मन लाग्छ।

प्रवासको नौलो ठाउँ नौलो, जीवनशैली सबै कुरा नौलो, त्यस माथि आर्थिक चपेटा अनि व्यस्तता, कष्टकर तथा तनावपूर्ण जीवनशैली हाम्रा साझा व्यथा हुन् भन्ने लाग्छ। दैवको लिला यस्तै रहेछ नचाहेर पनि बाध्यताले प्रवासी बन्नु पर्दोरहेछ । कथा, व्यथा आआफ्नै रहेता पनि प्रवासी बन्नुको परिस्थिति हामी सबैका एउटै हुन् जस्तो लाग्छ। मातृभूमि, आफन्तहरू र साथीभाईसँग अलगिएको पीडा छातीमा राखेर प्रत्येक दिन घडीको सुईको गतिसंग संगै चुनौति पुर्ण परिस्थतीसंग जुध्दै दौडिनु हामी सबै प्रवासी नेपालीहरूको दिनचर्या बनेको छ।

यसै सन्दर्भमा गैर आवासिय नेपाली सामाजिक संघ (एनआरएन) विदेशमा रहेका प्रवासी नेपालीहरू माझ केही सामाजिक कार्यहरूद्वारा स्वदेशी तथा प्रवासी नेपालीहरूबीच भावनाको रूपमा नजिक ल्याउने खालका योजना तथा विकासका कार्यक्रमहरू गर्दै आउनाले यसवाट आफू पनि थप प्रभावित भएकी छु, स्वदेशमा रहेका आफन्त अनि जन्मभूमिप्रति केही गरूँ भन्ने भावनामा ओतप्रोत प्रवासीहरू माझ अझ एक रूपता ल्याउन मैले पनि यसै संघमा आवद्ध भई थप सहयोग गर्नु पर्छ जस्तो लाग्छ, जसले गर्दा प्रवासी भएर पनि मातृभूमिको माया र आफन्तसँगको बिछोडको दुरी घटाउने मात्र नभएर भावनाको रूपमा सधैंभरि साथै रहेको महसुस दिलाउने काम हुन्छ भन्ने विश्वास लिएर गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकामार्फत केही समय निस्वार्थ सामाजिक सेवा गर्ने बाचाका साथ यहाँहरू माझ यहाँहरू कै नेपाली चेली म नेदेन डोगांला शेर्पा एनआरएन अमेरिकाको वरिष्ठ उपाध्यक्षको उम्मेद्वारको रूपमा उभिएकी छु।

यसै सिलसिलामा मेरो थप परिचय सारांशमा राख्न चाहन्छुः

१) आदर्श माध्यमिक विधालय सानो ठिमी भक्तपुरवाट माध्यमिक शिक्षा पुरा गरी उच्च शिक्षा पिपल्स क्यापस पक्नाजोल काठमाण्डौंको अध्य्यनपछि राष्ट्रिय खेलकुद परिषद काठमाण्डौं नेपालको स्थायी कर्मचारी भई प्रशासनिक फाँटमा काम गरेको मेरा प्रशासनिक अनुभव हुन्।

२) ईमानदारीता, अनुशासन अनि संस्कार मेरो अभिभावकका प्रेरणा हुन भने चुनौतीहरूको सामना गर्दै जिम्मेवारी र दायित्व अनि कर्तव्यलाई सफलरूपमा निभाउँदै परिस्थितिलाई सम्हाल्दै अगाडि बढ्नु मेरो वैवाहिक जीवनवाट प्राप्त अनुभव हुन्।

३) विद्यार्थी जीवनदेखि नेविसंघ संग आवद्ध मेरो प्रजातन्त्रप्रतिको विश्वास हुन् भने कांग्रेस पार्टी संग आबद्ध राजनैतिक अनुभव हुन्।

४) तीन बालबच्चाकी आमा गृहणीको रूपमा श्रीमतीको रूपमा अनि अभिभावकको रूपमा हालसम्म परिवारलाई कुशल रूपमा अगाडि सम्हाल्दै श्रीमानको राजनैतिक उतारचढाबका घटनालाई साथ दिँदै यहाँसम्म ल्याई पुर्याउनु मेरो दायित्व र कर्तव्यप्रतिको साहस र धैर्यता हुन्।

५) म पर्यटन तथा होटल व्यवसायमा आवद्ध छु।

आदरणीय अमेरिकाबासी बुद्धिजीवि नेपाली दाज्युभाई तथा दिदीबहिनीहरू, पत्रकारहरूज्यूहरू, संघसंस्थामा आवद्ध प्रतिनिधिज्युहरू यी माथि उल्लेखित मेरा भनाईहरू मेरा जिन्दगीका यथार्थहरू हुन् ।

देशका मेरूदण्डको रूपमा रहेको पर्यटन व्यवसायलाई सबैहरू माझमा पुर्याई विदेशी पर्यटकहरू मात्र नभई गैरआवासीय नेपाली पर्यटकहरू नेपालप्रतिको आकर्षण बढाइने कार्यक्रमहरू र योजना ल्याउने नै छु ।

गल्ती नगर्नु माफी नमाग्नु मेरो सिद्धान्त हो, यसै सिद्धान्तलाई आत्मसात गर्दै आजसम्म आईरहेकी छु। म विल्कुल घोषणापत्रहरूमा विश्वास नगर्ने ब्यक्ति अनि यो गर्छु र त्यो गर्छु भन्दा पनि तपाईहरूले जे अह्रयाउनु हुन्छ वा गर भन्नुहुन्छ त्यो गर्न चाहने ब्यक्ति हुँ । साथै हिजो मैले के गरे भन्नु भन्दा अब के गर्ने कसरी गर्ने भन्ने सोचाई भएकी ब्यक्ति । साथै तपाईहरू के गर्न चाहनु हुन्छ त्यो गर्नका लागि मेरो उम्मेद्वारी हो । त्यसकारण विश्वास गरी यहाँहरूले मलाई आफ्नो अममुल्य मत दिनु भएमा म यो भनाईलाई सत्यमा परिणत गर्न चाहान्छु र एनआरएन अमेरिकाभित्रको राजनैतिक गुट अनि आर्थिक अनियमिततालाई यहाँहरू माझ छर्लगं ल्याउने छु भने महिलाहरूले पनि पुरूषसँग हातेमालो गर्दै सामाजिक कार्य गर्न सक्छन् भन्ने कुरालाई थप प्रोत्साहन गर्ने काम गर्ने नै छु। हामी नेपालमा जुनसुकै पार्टीसंग आवद्ध भए पनि अमेरिकामा पार्टीगत विभाजित नभई सकारात्मक सोचाई राखी समावेशी तरिकाले एक जुट भयौं भने केही गर्न सक्छौं जस्तो मलाई लाग्छ। यसको लागि हामी सबै नेपालीले हाम्रो सोचमा परिवर्तन ल्याउनु पर्दछ। बौद्ध धर्मको पालना गर्दै सकारात्मक सोचाई राखी सबै अमेरिकावासी नेपालीहरू एकजुट भएको हेर्न पाउ भन्ने कामना गर्दछु। धन्यबाद ।

नेदेन डोगांला (शेर्पा)
उम्मेद्वारः वरिष्ठ उपाध्यक्ष
न्युयोर्क, अमेरिका