३० आश्विन २०८३, शुक्रबार

बाबुराम भट्टराईलाई भारतले किन रोज्यो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai

– डा. कविताराम श्रेष्ठ

बाबुराम नै किन ? भारतको आँखामा अरू नेता किन भएनन ? भारत साह्रै चतुर छ । बिगतमा उसले माथिका “क” देखि “ङ” सम्मैकालाई प्रयोग पर्‍यो । को कति पानीमा छ, सबैलाई राम्रै चिन्छ । कोबाट के कति काम लिन सकिन्छ, थाहा पाएको छ । को चम्चा हो र को कवाफमा हड्डी बन्छ त्यो पनि थाहा पाएको छ । त्यही अनुसार उसले सदा रणनीति बनाउँदै आएको छ र अहिले पनि त्यही अनुसार बनायो । आफ्नो चम्चा त आफ्नै हातमा छँदैछ । एमाओवादीका कुन नेतालाई हात लिंदा आफ्नो हकमा सहजता आउला भारतले स्वाभाविक ढंगमा छान्ने नै भयो । यसरी बाबुराम छानिए ।