२९ आश्विन २०८३, बिहिबार

किन चाहियो नेपालमा नयाँ राजनीतिक शक्ति ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kapil-Dhakal

नेपालमा पनि सिर्जनशील मानसिक सोँच भएका प्रर्याप्त नागरिक छन् तर राज्यले संरक्षण प्रदान गर्न सकेको छैन । राज्यको मानसिक सोँच टाट उल्टेको छ । विज्ञान तथा प्रविधि मन्त्रालय कुनै पनि राजनीतिक दलले अहिलेसम्म आफनो दललाई हुनैपर्छ भनेर दाबी गरिएको सुनिएको छैन । प्रधानमन्त्री पछिको सबैभन्दा बलियो कुर्सी गृहमन्त्रालय रे !

मानिस सामाजिक प्राणी भएता पनि समाजले विकास गरेका भौतिक र प्राविधिक पक्षहरुको प्रयोग र त्यसको बुझाइमा पछाडि रहेको हुन्छ । यथार्थ समाजको भौतिक संस्कृति द्रुत गतिमा रुपान्तरण भइरहेको हुन्छ भने हाम्रो मानसिक अवस्था त्यो भौतिक संस्कृतिसँग घुलमिल हुन निकै संघर्ष गरिरहेको हुन्छ । मानसिक अवस्थाले कि त त्यो प्रविधि बुझनै खोज्दैन कित प्रयोग नै गर्न चाहँदैन । प्रयोग गरिहाले पनि आँशिक मात्रामा गर्न चाहन्छ । भौतिक संस्कृतिको तीब्र विकास तर भौतिक संस्कृतिलाई अवलम्वन गर्न नसक्ने मानसिक अवस्थालाई मानवशास्त्रमा ‘कल्चरल ल्याग’को रुपमा परिभाषित गरिन्छ । पुराना राजनीतिक शक्तिको ‘सफटवेयर अपडेट’ छैन । परिवर्तन, भौतिक संस्कृति र आम मनोविज्ञानमा आएको परिवर्तनलाई आत्मसात गर्न नसक्ने दलहरुबाट नयाँ नेपाल बन्छ कसरी ?

प्रविधि र मानसिक सोँच कुन अगाडि ?

मानसिक सोँचले प्रविधिको आविस्कार गर्छ तसर्थ जुन समाजको मानसिक सोँच प्रविधि भन्दा अगाडि छ । त्यही समाजले आजको विश्वलाई दिशानिर्देश गरिरहेको छ । अमेरिका, जापान, चीन जस्ता मुलुक प्रविधि सम्पन्न राष्ट्र हुन । प्रविधिले नै आर्थिकस्तर निर्धारण गरेको छ । अल्पविकसित र विकाशसिल मुलुकले संसारले दिएको प्रविधिको सही प्रयोग गर्न नसक्दा आर्थिक तथा मानसिक चेतनाको हिसाबले निकै पछाडि परेका छन् । तसर्थ संसारलाई नेतृत्व गर्नुछ भने प्रविधिलाई पनि नेतृत्व गर्ने सिर्जनशिल मानसिक साँेच देशमा हुनै पर्दछ । दिल्लीमा ‘वाइफाइ फ्री’ गर्ने केजरीवालको नयाँशक्तिले समयको मागलाई सम्बोधन गरेको छ ।

नेपालको मानसिक सोँच के छ ?

नेपालमा पनि सिर्जनशील मानसिक सोँच भएका प्रर्याप्त नागरिक छन् तर राज्यले संरक्षण प्रदान गर्न सकेको छैन । राज्यको मानसिक सोँच टाट उल्टेको छ । विज्ञान तथा प्रविधि मन्त्रालय कुनै पनि राजनीतिक दलले अहिलेसम्म आफनो दललाई हुनैपर्छ भनेर दाबी गरिएको सुनिएको छैन । प्रधानमन्त्री पछिको सबैभन्दा बलियो कुर्सी गृहमन्त्रालय रे ! यहीँनिर राजनीतिक दलहरु पनि मानसिक रुपमा टाट उल्टिएका छन् । नयाँ शक्तिको पहिलो रोजाइको मन्त्रालय बिज्ञान तथा प्रविधि मन्त्रालय हुनेछ ।

मानसिक रुपमा टाट उल्टेको राज्य प्रविधि भन्दा अगाडि बढेको देख्न सकिदैन । प्रविधिसँगै हातमा हात समाएर हिँड्न पनि सकेको देखिदैन । बार्षिक विकास बजेट फ्रिज भएको निकै बर्ष हुन लाग्यो । स्कूल जाने बालबालिका प्राण हत्केलामा राखेर ट्युबको सहारामा खोलो तरेर विद्यालय जान बाध्य छन् । प्रविधिको प्रयोग गरेर पुल बनाउनु त कता हो कता, लाइफ ज्याकेट समेत उपलब्ध गराउन नसक्ने मानसिकरुपमा टाट उल्टेको देश तिम्लाइ के भनौ ! विज्ञान तथा प्रविधि मन्त्रालयलाई बजेट थोरै छ रे । नयाँ शक्तिले बिज्ञान तथा प्रविधि मन्त्रालयलाई पर्याप्त बजेट विनियोजन गर्ने छ ।

प्रविधिको नजिक–नजिक हिँड्न सक्यौ त ?

अहिले पनि जनताहरु आधारभुत स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन बाध्य छौं । सवारी दुर्घटनाबाट भएको मानवीय क्षतिलाई तथ्याँकमा हेर्दा कहालिलाग्दो अवस्था देखिन्छ । सरकारी विद्यालयको शैक्षिक अवस्थाको बारेमा सरकारकै तथ्याँक आफै बोल्छ । भष्ट्राचारी मन्त्रीहरुलाई नियन्त्रण गर्न सकिन भनेर प्रधानमन्त्री स्वयम् भन्छन् । भ्रष्टाचारलाई संस्थागत गर्न साना–साना विषयहरु पनि मन्त्रिपरिषद्बाट अनुमोदन गराइएकोले नीति गत भष्ट्राचारमा अख्तियार प्रवेश गर्न नमिलेकाले ठूला माछा समाउन सकिएन भनेर अख्तियारले भनिरहेकै छ । तथापि मेरो मानसिक रुपमा टाट उल्टेको देशले सुन्दैन, देख्दैन र बुझदैन । प्रविधिको प्रयोग गरोस कसरी ! नयाँ शक्तिले नीतिगत भष्ट्राचारमा लगाम लगाउने छ ।

भौतिक संस्कृति र अभौतिक संस्कृतिको विचित्रता

नेपालमा मात्रै होइन, विश्वभर नै कल्चरल ल्यागको अवस्था देख्न पाइन्छ । दैनिक जीवनमा प्रयोग हुने साधनदेखि फिफा (फेडरेशन अफ इन्टरनेशनल फुटवल एशोशिएशन) तथा आइसीसी (इन्टरनेशनल क्रिकेट काउन्सिल) पनि कल्चरल ल्यागले पछ्याएको छ । परिवर्तन संसारको नियम हो भनेर विश्वका विश्वविद्यालयले पढाउन लागेको र मानवीय सभ्यताले पनि अनुभव गर्दै आएको पनि लामो समय ब्यतित भइसकेको छ । तथापि परिवर्तनको भौतिक नियमलाई मानविय साँेचले पछ्याउदै सँगै जान नसक्दो नै रहेछ । समय क्रममा महसुस गरेर तथा घिसारिएर परिवर्तनलाई आत्मसात गर्ने अभौतिक संस्कृतिको स्वभाव नै रहेछ । नयाँ शक्तिले पुरानो मानसिक सोँचलाइ भत्काउने छ ।

दैनिक जिवनमा ‘कल्चरल ल्याग’

रेडियो नेपाल लगायतका आमसञ्चार माध्यमबाट खाना खानु अगाडि साबुन पानीले हात धुनुपर्छ भन्ने विज्ञापन बजेको सुनिँदै आएको छ । नेपाली समाजमा अहिले पनि हातले खाना खानेहरुको संख्या बढि छ । स्वास्थ्यको दुष्टिकोणबाट हेर्दा हातले खानु भन्दा चम्चाले खाना खानु उचित हुन्छ । कुनै समय हामीसँग चम्चा थिएन । अहिले भौतिक संस्कृति फेरियो तर हाम्रो बानी फेरिएन । नयाँ शक्तिले परिवर्तित बैश्य समाजको वकालत गर्नेछ । चम्चाले खाना खाने संस्कारको वकालत गर्नेछ ।

फिफामा ‘कल्चरल ल्याग’

खेलकुदको विकाससँगै खेलकुदमा प्रविधिले गुणात्मक फड्को मारेको छ । केहि दशक अगाडिसम्म नभएका प्रविधि अहिले उपलब्ध छन् तर उपलब्ध प्रविधिलाई अंगिकार गर्न अझै सकिएको छैन । विश्वकप प्रतियोगितामा रेफ्रीको मानविय कमजोरीको कारणबाट सन् २००८ को फुटवल विश्वकप प्रतियोगितामा बेलायतले प्रतियोगितामा गोल गर्दा गर्दै पनि पराजित घोषणा भएर बाहिरिनुपर्‍यो । मानविय कमजोरीका कारणले कुनै देशलाई विश्व रेकर्ड कायम गर्नबाट नरोकौ । प्रविधिको प्रयोग नयाँ शक्तिको अनिवार्य शर्त हो ।

आइसिसिमा ‘कल्चरल ल्याग’

क्रिकेट खेलमा विकेट किपरले समातेको क्याच र एलविडब्ल्यूमा प्रविधिको प्रयोग निकै कम गरिएको छ । कतिपय खेलमा अम्पाएरको निर्णयलाइ दुईपटकसम्म रिभ्यु गर्ने प्रावधान राखिएता पनि महत्वपूर्ण खेलमा अम्पाएरको निर्णयलाई रिभ्यु गरेको देखिएको छैन । आखिर किन प्रविधिको प्रयोग गरेर मानविय कमजोरीलाई सुधार गरिदैन त ? हामीले प्रविधिलाई अझै पचाउन सकेका छैनौ । हामीले अम्पाएरलाई सर्वसर्वा ठानिरहेका छौ । के विश्वकप प्रतियोगिता अम्पाएरको लागि खेलाइएको हो ? होइन र खेल देशहरुको बीचमा खेलाइएको हो भने मानविय त्रुटिका कारण कुनै टिमले विश्वकप जित्ने र कुनै टिमले हात धुनु पर्ने अवस्था किन आयो ? हाम्रो मानसिक सोँच परिवर्तन नहुँदा राजनीतिको नाममा अपराध गर्नेहरुले ब्रम्हलुट गरिरहेका छन् । नयाँ शक्तिले पुरानो खिया लागेको चिन्तनलाइ अपडेट गर्दै नयाँ सफटवेएर विकास गर्ने छ ।

चर्चा नेपालको संविधानको

नेपालको अन्तरिम संविधान, २०६३ को भाग ३ ले सम्पुर्ण नागरिकलाई मौलिक अधिकार प्रदान गरेको छ । धारा १३ ले समानताको अधिकार दिएको छ । धारा १३ को अपवादले विशेष कानून बनाएर, पिछडिएको समुदायलाई संरक्षण गर्न रोक लगाएको पनि छैन । समस्या जति ठूलो देखिएता पनि समस्याको समाधान सानै हुन्छ । अर्थात ताल्चा जति ठूलो भएता पनि ताल्चा खोल्ने चाबस् सानै हुन्छ । हामीले अन्तरिम संविधानमा भएका व्यवस्थालाई टेकेर ठूला भनिएका समस्या समाधान गर्न सक्छौ । एकैपटक संसार अहिलेको युगमा प्रवेश गरेको पनि होइन । तसर्थ, सयौँ माइलको लामो यात्रा एक पाइलाबाट शुरु हुन्छ भन्ने आधार वाक्यलाई मान्छौ भने । नयाँ संविधान छिटो जारी गरौँ । जनताको दुहाइ दिदैं जनताकै डाढमा टेकेर जनताकै टाउकोमा बज्र प्रहार नगरौं । आफू, आफ्नो परिवार र आफनो पार्टी परिवर्तन गर्न नसक्नेहरुले समाज परिवर्तनको नारा लगाउनु कति सान्दर्भिक होला ?

हामीले अरुलाई परिवर्तन गर्न खोज्यौ तर हामी आफू परिवर्तन हुन खोजेनौँ । हाम्रो आन्दोलन यहिँनेर चुकेको छ । हामीसँग संविधानको भौतिक दस्तावेज छ तर हाम्रो अभौतिक सोँच बदलिएको छैन । पुरानो मानसिक चिन्तनको दिवार भत्किएको छैन । अर्थात भौतिक परिवर्तनलाई पछ्याउने मानसिक परिवर्तन भएको छैन । हामीले निरन्तर विद्रोह, आवेश र उत्तेजनाको ज्वालाले अरुलाई जलायौँ तर ज्ञानरुपी ज्वालाले आफुलाई तताउन पनि सकेनौ । परिस्थिति बदलिसकेको छ तर हाम्रो मनस्थिति बदलिन सकेन । आइफोन, आइप्याड बोक्दैमा मानसिक चिन्तन परिवर्तन हुने होइन रहेछ । विजय कुमारले परिवर्तन भएको समाजलाई बैश्य युगको रुपमा ब्याख्या गरेका छन् । बैश्य युग बिज्ञान र प्रविधिको युग हो तर हामीले यो युगलाई बुझन सकेनौँ । हामीले संविधानको रटान लगाइरहँदा विज्ञान र प्रविधिलाई प्रयोग गर्न चाहेका छैनौँ । संसारको परिवर्तनलाई महसुस गर्न सकेका छैनौ । नयाँ शक्तिले यहि बैश्य युगलाई सम्बोधन गर्न खोजेको छ ।

परिवर्तन भएका भौतिक संस्कृति र प्रविधिलाई आत्मसात गरौ । औँसीको रातमा निदाइ रहेको झोपढीलाई सलाइको काँटी, मैन बत्ती, टुकि, दियो, खोटो र चट्याङगले पनि उज्यालो बनाउन सक्छ तसर्थ झोपढीमा बत्ति बाल्न सजिलो छ तर खोपढीको अँध्यारोमा यी बत्तिहरु बाल्न सकिदैन । खोपढीमा बत्ति बाल्ने काम गाह्रो छ । यहि गाह्रो कामको शुरुवात गरौँ । खोपढीमा बत्ति बालौँ । यसैलाई माहात्मा गान्धीले भनेछन् – बि द चेन्ज द्याट यु वान्ट टु सि इन द वल्र्ड (संसारमा तिमी जुन कुराको परिवर्तन चाहान्छौ, त्यहि परिवर्तन तिमी बन) ।

विपी कोइरालाले भनेछन् – माटो छोएर हेर ।

मदन भण्डारिले भनेछन् – सिद्धान्तको लागि जिवन होइन, जीवनको लागि सिद्धान्त हुनुपर्छ ।

मार्टिन लुथर किङले भनेछन् – आइ ह्याभ अ ड्रिम (मसँग सपना छ) ।

बोलिने भाषा सबैको फरक–फरक भएतापनि नबोलिएको भाषा सबैको एउटै छ । झोपढीमा बत्ती बलिसक्यो खोपढीमा बत्ति बालौं । अँध्यारोको आलोचना होइन, बत्ती बाल्ने काम गरौं ।

यहि खोपढीमा बत्ति बाल्नेकामको शुरुवात नयाँ शक्तिको बहसले गर्न खोजेको छ । भारतमा केजरीवालको पुनः आगमनले नेपालमा पनि रक्त सञ्चार अवस्य गर्नेछ । बदलिएको समाजको चरित्रलाई बुझन नसक्ने राजनीतिक दलको चरित्रले नयाँ शक्तिको उदयलाइ आमन्त्रण गरिरहेको छ । केजरीवालको विजय परिवर्तित समाजको आवश्यकता बुझ्ने राजनीतिक शक्तिको उदय हो । मानव नरसंहारको भर्‍याङ चढेर माननिय र सम्माननीय बन्ने दिनको अन्त्य भयो । नयाँ शक्तिको सूर्योदय हुँदैछ । दियोमा तेल थप्दै जाऊँ ।