काठमाडौं, २४ फागुन । सरकारले निर्माण व्यवसायीहरुका माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आइतबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले व्यवसायीहरुका जायज मागलाई राज्यले सम्बोधन नगरे महासंघ आन्दोलनमा जाने बताउनुभएको हो ।
उहाँले व्यवसायीहरुका माग पूरा गर्न राज्य अहिले सम्म संवेदनशील नदेखिएको बताउनुभयो । राजधानीमा आइतबार मध्यमाञ्चल विकास क्षेत्रका व्यवसायीहरु सहभागी अन्तरक्रियालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गौचनले सार्वजनिक खरिद ऐन संशोधन गर्दा व्यवसायीको सुझाव समेट्न आग्रह गर्नुभयो ।
व्यवसायीहरु एकजुट हुनुको विकल्प नरहेको भन्दै उहाँले देशभर छरिएर रहेका १७ हजार भन्दा बढी व्यवसायीको सरसल्लाह अनुसार नै महासंघको वर्तमान नेतृत्व अघि बढिरहेको बताउनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठले महासंघलाई अझ शशक्त तथा क्रियाशील कसरी बनाउन सकिन्छ भन्ने उद्देश्य सहित आफुहरुले देशका कुनाकुनामा गई व्यवसायीहरुको सुझाव संकलन गरिरहेको जानकारी दिनुभयो ।
महासंघका महासचिव रामशरण देउजाले व्यवसायी मैत्री ऐन नआए आन्दोलनको विकल्प नरहेको बताउनुभयो । महासंघका पश्चिमाञ्चल उपाध्यक्ष रुद्र शर्माले व्यवसायीहरुमा पनि पेशागत ज्ञान तथा सीपको अभाव रहेकाले आ–आफनो कमी कमजोरी सच्याउनुपर्ने धारणा राख्नुभयो ।
निर्माण व्यवसायी संघ सिन्धुलीका अध्यक्ष जयकुमार ढकाल, ललितपुरका अध्यक्ष नवराज खड्का, काठमाडौका प्रमोद लामिछाने, सुभिस श्रेष्ठ लगायतले व्यवसायीहरुका समस्याबारे चर्चा गर्नुभएको थियो ।
अन्तरक्र्रियामा महासंघका कानुनी सल्लाहकार बाबुराम दाहालले सार्वजनिक खरिद ऐन २०६३ र निर्माण व्यवसाय ऐन २०५५ का विविध पाटोबारे व्यवसायीहरुलाई जानकारी गराउनुभएको थियो ।
















प्रतिक्रिया