३० आश्विन २०८३, शुक्रबार

सप्तरीमा आगलागीबाट करोडको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fire-chinaसप्तरी, २४ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित बजारको एक हार्डवेयर पसलमा अचानक गएराति भीषण आगलागी हुँदा करिब रु एक करोड मूल्यबराबरको धनमाल जलेर नष्ट भएको छ ।

विद्युत् चुहिएर स्थानीय शालिग्राम रोनियारको दोस्रो तलामा रहेको हार्डवेयर पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट हार्डवेयर पसलसहित लगाउने रङ्ग, विद्युत् तार र अन्य हार्डवेयरका सामर्गीसमेत जलेर नष्ट भएको पीडितले बताएका छन् । आगोलाई स्थानीयवासी प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।