काठमाडौं, २४ फागुन । आगामी चैत २८ गते बाग्लुङ क्षेत्र नं १ को संविधानसभा सदस्यको उपनिर्वाचनमा एकीकृत नेकपा माओवादीका तर्फबाट प्रवक्ता दिनानाथ शर्माले उम्मेदवारी दिने भएका छन् ।
एमाओवादी संसदीय दलको निर्णय अनुसार प्रवक्ता शर्माले आगामी चैत २८ गतेका लागि तय गरिएको बाग्लुङ क्षेत्र नं १ को संविधानसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी दिनेछन् ।
यस्तै, आइतबार सिंहदरबारमा बसेको ३० दलिय मोर्चाको बैठकमा प्रवक्ता शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेका सन्दर्भमा दलहरुबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
एमाओवादीले आफ्ना उम्मेदवारलाई सहयोग गर्न मोर्चाआबद्ध दलहरुलाई आग्रह गरेको छ । एमाओवादीको आग्रहलाई सकारात्मक रुपमा लिँदै सहयोग गर्ने विषयमा छलफल भए पनि अन्तिम निर्णय भने लिई नसकिएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, संविधान निर्माण र वार्ताका क्रममा अपनाउनुपर्ने आवश्यक लचकताका विषयमा छलफल भएको थियो ।















प्रतिक्रिया