२९ आश्विन २०८३, बिहिबार

सहदेव पौडेलको ‘माटो र मन’ प्रकाशित हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maato Ra Mann

डिसी, अमेरिका । न्यूयोर्कमा बसेर अनलाइन रेडियो हिमाली स्वरहरू सँगै साहित्यिक कार्यक्रम ‘सृजनाका यात्राहरू’का संयोजन गर्नु हुने सर्जक सहदेव पौडेलको पहिलो कविता कृति ‘माटो र मन’ प्रकाशित हुँदैछ ।​ ​घरदेश, परदेश र आफ्नो परिवेशमा देखेको र भोगेको भावनाहरुलाई ६४ वटा कविता मार्फत प्रस्तुत गरिएको छ।

‘माटो र मन’ साहित्यिक वेब पत्रिका खसखस डट कमले प्रकाशन गर्दै छ। ‘माटो र मन’को ईपुस्तक संस्करण अमेजन डट कममा पनि उपलब्ध हुनेछ ।​

​साथै केही कविताका अडियो र भिडियो हिमाली स्वरहरुले निर्माण एवं प्रसारण गर्ने छ। पुस्तक प्रकाशनको संयोजन नेपालबाट किताबवालाले गरेको छ।

‘माटो र मन’ अप्रैल महिना भित्र पाठकहरुको हातमा पुग्ने सर्जक सहदेव पौडेलले जानकारी दिनुभयो ।