३० आश्विन २०८३, शुक्रबार

भारतबाट अबैध रुपमा आएका आठ लाख सिलिण्डर खोज्दै सरकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass Cylandorकाठमाडौं, २४ फागुन । सरकारले नयाँ ग्यास सिलिन्डरको कालो बजारी बढेको भन्दै भारतबाट आयात गरिने रित्ता नयाँ सिलिन्डरमा प्रतिविन्ध लगाउने निर्णय गरेको छ ।

बजारमा कतै फेला नपरेका आठ लाख ग्यास सिलिन्डर खोजी गर्न पनि सरकारले आदेश दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिको बैठकले एक महिनाको समयसीमा तोकेरै यो अवधिमा नयाँ खाली सिलिन्डर नल्याउने निर्णय गरेको हो ।

सरकारले नेपालमै सिलिन्डर निर्माण गर्ने तीनवटा कम्पनीलाई पनि एक महिनाको अवधिमा नयाँ सिलिन्डर बेच्न नदिने निर्णय गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

वाणिज्यमन्त्री सुनीलबहादुर थापाले बजारमा कृतिम अभाव रोक्न र एकमात्र सिलिन्डर हुने निम्न वर्गमा ग्यास सहज होस् भनेर यस्तो निर्णय गरिएको बताए ।

पर्याप्त ग्यास आपूर्ति भए पनि बजारमा ग्यास अभाव देखिनुमा विक्रेताको अनुमति पाएका ५५ वटा ग्यास कम्पनीहरुले पुराना सिलिन्डरमा ग्यास नभर्ने र नयाँ सिलिन्डर बेच्ने प्रवृति जिम्मेवार रहेको र यसले कालोबजारी बढाएको सरकारको निष्कर्ष छ ।