२९ आश्विन २०८३, बिहिबार

एनआरएन भवनका लागि जापानबाट ७२ लाख रुपैयाँ संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_newsnrn-logo-300x224टोकियो, जापान । गैरआवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि जापानका चारवटा शहरमा गरी जम्मा ७२ लाख रुपैयाँ संकलन गरिएको छ ।

एनआरएनए आइसीसी अध्यक्ष शेष घलेको उपस्थीतिमा आइतबारदेखि बुधबारसम्म क्रमशः नागोया, ओशाका, फुकुओका र टोक्योमा आयोजित कार्यक्रममा सो रकम संकलन भएको एनआरएन जापानले जनाएको छ ।

जसअनुसार नागोयामा १४ लाख, ओशाकामा २१ लाख, फुकुओकामा ७ लाख र टोक्योमा ३० लाख रुपैयाँ गरी कुल ७२ लाख रुपैयाँ संकलन भएको छ । गैरआवासीय नेपाली संघ जापानको आयोजनामा चारवटै शहरमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष घले सहभागी हुनुभयो ।

उहाँले एनआरएन भवन निर्माणका लागि आफु अभियान नै संचालन गरी बिश्वका बिभिन्न मुलुकमा यात्रा गर्नुको कारण खुलाउँदै हातेमालो गर्न आह्वान गर्नुभयो ।

पैसा संकलन मात्र उद्देश्य नभएको भन्दै उहाँले बिश्वभरका नेपालीको भावना संकलन गरेर त्यसैको एकताको प्रतिकका रुपमा काठमाण्डौमा भवन बनाउने पवित्र उद्देश्यले यस्तो अभियान संचालन गरिएको बताउनुभयो ।

टोक्योमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले अहिलेसम्म करिव १९ करोडको प्रतिबद्धता आइसकेको जानकारी दिँदै त्यसमध्ये करिव ७ करोड रुपैयाँ गैरआवासीय नेपाली संघको खातामा जम्मा भइसकेको जानकारी दिनुभयो ।

१३ करोड रुपैयाँको लागतमा काठमाण्डौको मुटु बालुवाटारमा जग्गा खरिद गरिएको र आगामी मार्च ९ तारिखका दिन प्रधानमन्त्री सुशील कोइरालाले भवन शिलन्यास गर्ने जानकारी दिँदै उहाँले सो कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा समेत दिनुभयो ।

जापानका लागि नेपाली राजदूत महामहिम डा. मदनकुमार भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको संचालन एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका पदाधिकारीहरु, टोक्योका स्थानीय समुदायका अगुवा लगायतको उपस्थीति थियो ।‘

यो अभियानमा जापानबासी सयौं गैरआवासीय नेपालीहरु सहभागी हुनुभयो, कतिपयले केही हजार येनको योगदान गर्नुभयो भने कतिपयले लाखौं येन पनि दिनुभयो’ अध्यक्ष घलेले भन्नुभयो– ‘चारवटै शहरमा देखिएको सहभागीताले हामीले निकै उत्साह मिलेको छ।’

त्यसअघि अध्यक्ष घले भवन निर्माणका लागि अर्थ संकलन अभियानका दौरान मलेसिया पुग्नुभएको थियो जहाँ करिव ४८ लाख रुपैयाँ संकलन भएको थियो । ‘एक साताको अबधिमा दुई देशबाट करिव १ करोड २० लाख रुपैयाँ संकलन हुनु निकै उत्साहजनक र उपलब्धीमूलक हो ।’ अध्यक्ष घलेले भन्नुभयो ।

९ तारिखमा शिलन्याससँगै भवन निर्माणको कार्य तिब्ररुपमा अगाडी बढ्ने अध्यक्ष घलेले जानकारी दिनुभयो ।