३० आश्विन २०८३, शुक्रबार

धन ल्याउन गएको मान्छेको शव वाकसमा आएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-worker-deathझापा, २२ फागुन । धन कमाउन नेपालबाट वर्षेनी ४ लाख युवाहरु विदेश जाने गरेका छन् । तर, विदेशमा धन कमाउन गएका युवक आफ्नो प्राण त्यागेर आफ्नो शव वाकसमा घर पुग्दा कस्तो होला ?

यस्तो पीडा नेपालका हरेक अभिभावकले खेप्लै आएका छन् । दुई वर्ष अगाडि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका झापा बिर्तामोड नगरपालिका–१ स्थित शान्ति टोलका ३८ वर्षीय जीवन सङ्ग्रौलाको शुक्रबार बिहान मृत्यु भएको छ ।

मलेसियामा सञ्चालित लब इन कम्पनीमा चौकीदारका रुपमा कार्यरत उनको उच्च रक्तचापका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

सङ्ग्रौलाको शव नेपाल ल्याउन आवश्यक पहल भइरहेको मृतक सङ्गौलाकी कान्छी छोरी सुजाताले जानकारी दिनुभयो ।