दाङ, २२ फागुन । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिको अध्यक्षमा सुरेश हमाल निर्विरोध निर्वाचित हुनु भएको छ ।
दाङको तुलसीपुरमा बिहीबार सम्पन्न समितिको विशेष साधारण सभा तथा अधिवेशनबाट युवा व्यवसायी हमाल निर्विरोध चयन हुनु भएको हो ।
अध्यक्ष निर्वाचित हमालले शपथ समेत लिइसक्नुभएको छ । युवा व्यवसायी हमाल आफू कार्यरत क्षेत्रमा लोकप्रिय हुनुहुन्छ ।
राप्ती समितिका अध्यक्ष जितेन्द्रबहादुर शाहको निधनपछि रिक्त अध्यक्ष पदका लागि सर्वसम्मत हमाललाई अध्यक्षमा चुनिएको वरिष्ठ उपाध्यक्ष भरतनाथ योगीले जानकारी दिनुभयो ।
यसैवीच, नवनिर्वाचित अध्यक्ष हमालले समितिलाई देशकै नमूनाको रुपमा अगाडि बढाउने बताउनु भएको छ ।
उहाँले वर्तमान कार्यसमिति सबै तह र तप्काको सहयोगबाट मात्रै अगाडि बढ्ने भन्दै सहयोगको अपील गर्नुभएको छ ।
उहाँले समिति एकीकरण, यात्रु मैत्री वातावरणका साथै चुस्तदुरुस्त रुपमा संचालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।















प्रतिक्रिया