काठमाडौँ, २१ फागुन । विज्ञान विद्यार्थी काउन्सिलले मर्यादाक्रम, योग्यता र अनुभवका आधारमा नै त्रिभुवन विश्वविद्यालयका प्राध्यापकलाई नेपाल राष्ट्र बैँकको गर्भनर बनाउनुपर्ने माग गरेको छ ।
आज यहाँ पत्रकार सम्मेलन गर्दै काउन्सिलले भागबण्डाको आधारमा नभई योग्यता, क्षमता र दक्षताको आधारमा गर्भनर नियुक्ती गर्नुपर्ने बताएको हो ।
काउन्सिलका अध्यक्ष शङ्खुप्रसाद जैसीले विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभाग देशकै आधिकारिक आर्थिक निकायमा चार दशकसम्मको लामो योगदान पुर्याएका प्राध्यापक हुँदाहुँदै, बाहिरका व्यक्तिलाइ गर्भनर बनाउनै नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो,–“अर्थशास्त्रका योग्य व्यक्तिहरू हुँदाहुँदै राजनीतिक भागबण्डाको आधारमा, नातागोताको आधारमा गर्भनर बनाईयो भने त्यो जत्तिको पीडा हाम्रोलागि अरु केहीहुँदैन ।”
काउन्सिलका उपाध्यक्ष अरविन्द चौधरीले गर्भनर नियुक्तको प्रक्रिया नियमसङ्गत हुनुपर्ने भन्दै विश्वविद्यालयमा अध्यापन गराउने प्रतिष्ठित, विद्धान र प्रखर अर्थशास्त्रीलाई नै गर्भनर बनाउनुपर्ने बताउनुभयो ।
















प्रतिक्रिया