– दीपक मल्होत्रा
दुर्घटना कसैले टारेर टर्दैन । त्यो कुरामा म पूर्वतयारी पनि छु । डराउने भएको भए एउटा पसल थापेर बाहिर नगई बस्न सक्थेँ । तर, आज अलि फरक अनुभूति भने भएको छ । शास्त्रमा लेखेको छ रे– परिवारका सबैजना एकैठाउँमा एकैपटक यात्रा नगर्नु भनेर । हामी बाबुछोरा सँगै यात्रा गरेर गल्ती गरेछु भन्ने लागेको छ । बाबुछोरा एउटै जहाजमा थियौँ, केही भइदिएको भए त हाम्रो व्यापार, सारा कुरा चौपट भइहाल्थ्यो नि ! अब भविष्यमा यस्ता कुरा सच्याउँछु । छोरासँग सँगै यात्रा गर्ने यो अन्तिम हो, मेरो ।

















प्रतिक्रिया